प्रथम शक्तिमान स्मृति फुटबल : नवलपुर, होटेल डोको र एमएफसी विजयी

हिमाल महरा
दाङ,७ असोज । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा नवलपुर फुटबल क्लबले म्यारिड फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट जीत हासिल गरेको छ । दोस्रो खेलमा होटेल डोकोले घोराही–१४ लाई ३–१ गोल अन्तरले हराउँदै विजयी भयो ।
अन्तिम खेलमा एमएफसीले शुभबिहानीलाई ४–० गोल अन्तरले सहज जीत दर्ता गर्यो । युनाइटेड नयाँ बजार क्लब घोराहीको आयोजनामा घोराही उपमहानगरपालिका–१७, उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा जारी प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुने छ । असोज ४ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको क्लबका कोषाध्यक्ष मनकाजी पुन मगरले जानकारी दिए ।
क्लवका सहसचिव एवं प्रतियोगिता संयोजक गोपाल कुँवरका अनुसार बुधवार प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घोराही फुटबल क्लब र गडवा बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा टरिगाउँ र एनजेएफसीका विच हुने छ ।