Ad Area

दाङ जिल्ला तेक्वान्दो संघकोे बैठक, संघले पायो पूर्णता


हिमाल विक

दाङ, ११ कार्तिक । दाङ जिल्ला तेक्वान्दो संघले पूर्णता पाएको छ । संघका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा मंगलवार बसेको बैठकले जिल्ला कार्यसमितिका रिक्त पदमा मनोनित गर्दै संघलाई पूर्णता दिएको हो ।

बैठकले संघको लमहीबाट उपाध्यक्षमा किरणबिक्रम शाह, सदस्यहरुमा तुलसीपुरबाट हिमाल विक, घोराहीबाट दामु शर्मा र लमहीबाट कुवेर गिरीलाई मनोनित गरेको । त्यसैगरी बैठकले निर्बाचित सदस्य स्वगत परियारलाई सचिवमा मनोनित गरेको छ । संघको गएको असोज ७ गते भएको जिल्ला अधिवेशनले बिष्णु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

जसअन्तर्गत वरिष्ठ उपाध्यक्षमा तिलकबहादुर झाक्री मगर, कोषाध्यक्षमा सुनिता बिष्ट,सदस्यहरुमा स्वगत परियार, बसन्ती चौधरी, सौरभ परियार, सुरज केसी र पूर्णबहादुर महरा निर्वाचित भएका थिए । संघको बैठकले खाली रहेको उपाध्यक्षसहित चार जनालाई मनोनित गरेको हो ।