Ad Area

तुलसीपुर–१२ मा आईतवारदेखि वडा अध्यक्ष कप फुटबल


लक्ष्मण बस्नेत
तुलसीपुर,२५ मंसिर । तुलसीपुर उपमाहानगरपालिका वडा न १२ को हरिपौरामा तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ भोलि आईतवारदेखि सुरु हुदैछ ।

बासबोट टोल बिकास संस्था तुलसीपुर–१२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ को तत्त्वावधानमा संचालन हुने प्रतियोगिताको उद्घाटन मध्याह्न १२ बजे पछि गरिने कार्यक्रम तय गरिएको छ ।

४ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु पशुपति माबी हरिपौराको खेलमैदानमा खेलाईनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धिसंगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडाभित्र स्थापित १० टिम को सहभागिता रहेको आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५०, ३५ र २५ हजार तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन । त्यस्तै ब्यक्तिगत बिधातर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडीलाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने सचिव अधिकारीले जानकारी दिए ।

चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ । यसैबिच आयोजकले आईतवार हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी,राजनीतिकदल, उधोगी,ब्यापारी,पत्रकारलगाएत सबैमा अनुरोध गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad