Ad Area

घोराहीमा ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु


घोराही, २५ मंसिर । घोराहीमा ३ दिने आधारभुत पत्रकारिता एब उदघोषण तालिम सुरु भएको छ । क्रियाशील पत्रकार महिला (डव्वुडव्वुजे) दाङको आयोजना एब घोराही उपमहानगरपालिका वडा नं.१४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

क्रियाशील पत्रकार महिला दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा न १४ का का अध्यक्ष शक्तिराम डागिले पत्रकारिता क्षेत्र संबेदनसील र जटिल पेसा भएको बताए । उनले यो क्षेत्रमा जनशक्तिको अभाब हुने हुदा आफ्नो वडाले यो क्षेत्रमा आउन चाहेका पछिल्लो पुस्तालाइ प्राथमिकता राखेर नै तालिमको आयोजना गरिएको बताए ।

साथै उनले सन्चार क्षेत्रमा आफ्नो वडाले सदैभ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाइ निरंतरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा क्रियाशील महिला पत्रकार दाङका सस्थापक अध्यक्ष बसुन्धरा गौतमले समाज रुपान्तरणका लागी सन्चारकर्मिको महत्त्वपूर्ण भुमिका रहने बताइन। उनले पछिल्लो समय स्थानीय तहहरु यश तर्फ गम्भीर भएर लागेको भन्दै खुशी व्यक्त गरिन ।

सल्लाहकार सन्धया रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब शर्मिला डिसीले गरेकी थिइन । उक्त तालिमको पहिलो दिनको प्रशिक्षकमा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष एब दाङका सस्थापक अध्यक्ष बसुन्धरा गौतम, महासघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी रहेका थिए । तालिममा २१ जनाको सहभागीता रहेको छ ।

Blog Post Ad Blog Post Ad