२१ बर्षीय पौडेल रास्वपाका महाधिवेशन प्रतिनिधि पौडेल


दाङ,२० जेठ । घोराही उपमहानगरपालिका–१५ निवासी बिराज पौडेल २१ बर्षको उमेरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रतिनिधि बन्न सफल भएका छन् ।

रास्वपाका युवा नेता तथा जेनजी अभियन्ता पौडेल घोराही उपमहानगरपालिकाको अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन । कम उमेरमै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित भएका पौडेल सम्भवतः रास्वपाका सबैभन्दा कान्छा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन ।

युवा पुस्तामाझ सुशासन, पारदर्शिता र डिजिटल अभियानका लागि परिचित पौडेलले शिक्षा, रोजगारी र राजनीतिक सुधारका निरन्तर आवाज उठाउँदै आएका छन् । सामाजिक सञ्जालमार्फत युवासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण जेन्जी पुस्तामा चर्चित छन् ।

रास्वपाको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि पौडेलले युवाको अपेक्षाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । रास्वपाको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका छन् । उनीसँगै रास्वपाको महाधिवेशनका लागि दाङबाट १५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।