रास्वपा दाङको सभापतिमा किरण खनाल निर्वाचित


दाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा खनालले एक सय ९६ मत प्राप्त गर्दै विजयी भएका हुन । खनालका निकटतम प्रतिद्वन्द्वी निवर्तमान जिल्ला सभापति विनय घिमिरेले एक सय २४ मत प्राप्त गर्दै पराजित भएका छन् ।

सभापतिमै प्रतिस्पर्धा गरेका केदार रजौरेले ६ मत र किरणकुमार आचार्यले २ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनबाट उपसभापतिमा निराजन थापा दुई सय ४१ मतसहित निर्वाचित भएका छन । सचिवमा सुनिता रावतले ८० मत प्राप्त गर्दै पराजित भएकी छिन ।

त्यसैगरी रास्वपा दाङको सचिव पदमा असिम भुसाल निर्वाचित भएका छन् । भुसालले निर्वाचनमा दुई सय मतसहित विजयीभएका छन भने प्रतिस्पर्धी बलिराम खत्रीले एक सय २३ मत प्राप्त गरेका छन् । सहसचिवमा प्रमिला रोका मगर एक सय ४८ मत प्राप्त गर्र्दै निर्वाचित भएकी छिन । सहसचिवका प्रतिस्पर्धी दीपक गैरेले एक सय आठ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्दै पराजित भएका छन् ।

अधिवेशनबाट जिल्ला सदस्यहरमा प्रताप पुन मगर, चुम्मन चौधरी, गोमा शर्मा र पवित्रा बिक निर्वाचित भएका छन् । शनिवार घोराहीमा भएको रास्वपाको प्रथम जिल्ला अधिवेशनबाट सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो ।