एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल च्याम्पियन


काठमाडौं,२५ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल च्याम्पियन बनेको छ । सिंगापुरमा सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डिएलएस पद्धति अनुसार पराजित गरेको हो ।

फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डिीलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डिीलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे । हङकङका लागि एहसान खान र आयुष शुक्लाले १(१ विकेट लिए । नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो ।

यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो । अंशुमन राथ र शाहिद वासिफले शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा नेपालको टी–२०आईमा कीर्तिमानी रन चेज हुनेछ ।

हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए । नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए । एक समय १८ ओभरमा १७९(५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ भने गर्न सकेन । नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए ।