नयाँ ओमोडा इभी ५ प्रो घोराहीमा, पहिलो ग्राहकका लागि विशेष छुट


दाङ,२७ जेठ । नयाँ ओमोडाको इ ५ प्रो कार घोराहीमा सार्वजनिक गरिएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा सञ्चालनमा आएको एन.एल. मोटो कर्पले घोराहीमा बुधवार ओमोडा इ५ प्रा कार सार्वजनिक गरेको हो ।

एन.एल. मोटो कर्पमा कारको प्रमुख अतिथि दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशी, बिशिष्ट अतिथिहरु दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रेस काउन्सील नेपालका पूर्व सदस्य शरद अधिकारी र र एन.एल. मोटो कर्पका सन्चालक सुदर्शन गिरीले संयुक्त रुपमा गरेका थिए ।

गाडी सार्वजनिक गर्दै अध्यक्ष जोशीले पछिल्लो समय नेपालीको भरपर्दाे सवारीसाधन इभी गाडी भएको बताए । बढ्दो महंगीका बिच सहुलियत रुपमा सवारीसाधन चढ्नका लागि इभी गाडी उपयुक्त भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासनले नेपाली पैसा नेपालमै खपत गर्नका लागि इभी गाडी प्रयोग गर्नुपर्ने बताए । पेट्रोलियम पदार्थको महंगीले समस्या सिर्जना गरिरहेको समयमा नेपालका लागि इभी गाडी उपयुक्त भएको बताएका हुन ।

नेपालका लागि ओमोडा एण्ड जेइकोका गाडीहरुको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालि रहेको कारको मुल्य ५१ लाख ५९ हजार तथा डुअल टोन भेरिएन्टका लागि ५१ लाख ९९ हजार रुपियाँ रहेको छ । नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ ओमोडा ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको गिरीले जानकारी गराएका हुन ।

नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटर डब्लुएलटीपी रेन्ज रहेको छ । साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको गिरीले बताए । सुरक्षाका दृष्टिले, यसमा १९ भन्दा बढी एडास अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमयुक्त फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली रहेको छ ।

साथै सार्वजनिक भएको अवसरमा एन.एल. मोटो कर्प प्रालिले पहिलो ५० ग्राहकहरूका लागि ४९ लाख ९९ हजारको विशेष मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराउने घोषणा गरेको छ । नयाँ ओमोडा ई५ प्रो अब दाङको आधिकारिक एन.एल. मोटो कर्पको ओमोडा ज्याकुको शोरूममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको सन्चालक सुदर्शन गिरिले जानकारी दिएका छन् । प्रविन चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण संगीता गिरीले गरेकी थिइन ।