प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठनका बिजयी खेलाडी


घोराही, ७ असार । घोराहीमा भएको प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगिता–२०८३ अन्तर्गत विभिन्न तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कडेल द्वितीय तथा दाङकै अजय स्वर्णकार तृतीय भए ।

त्यसैगरी ६० केजी तौल समूहमा नवलपरासीका रेशम राना प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण कडिया तृतीय स्थान हासिल गर्न सफल भए । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुर्मे प्रथम, दाङका प्रतिक चौधरी द्वितीय र बाँकेका जगतराज महाउन तृतीय भए ।
प्रतियोगितामा ७० केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, रुपन्देहीका नवीन श्रीस द्वितीय र मकवानपुर जिल्ला निवासी राहुलकुमार शाह तृतीय भए । ७५ केजी तौल समूहमा बाँकेमा दिपेन्द्रबहादुर खत्री प्रथम, रुपन्देहीका दिनेश रिसाल द्वितीय तथा तनहुँका शिशिर थापा मगर तृतीय स्थानमा हुन सफल भए ।

त्यसैगरी ७५ केजीभन्दा माथिको तौल समूहमा रोल्पाका दीपक जंग रोका प्रथम, रुपन्देहीका कुशलप्रसाद गुरुङ द्वितीय र बाग्लुङका सन्जोग बुढा मगर तृतीय बने । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई जनही १५ हजार, द्वितीय हुने खेलाडीलाई १० हजार र तृतीय हुने खेलाडीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

महिला एथलेटिक फिजिक्स प्रतियोगिताअन्तर्गत महिला एथलेटिक फिजिक्सतर्फ रुपन्देहीकी रविन कुँवर विजेता बन्न सफल भइन । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कुँवरले उपाधिसहित नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । नवलपरासीकी चुनकुमारी पुन द्वितीय र दाङकी उर्बी बस्नेत तृतीय हुन सफल भइन्। द्वितीय हुने पुनले नगद २० हजार रुपैयाँ तथा तृतीय हुने बस्नेतले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षतामा भएको प्रतियोगिताका बिजेता खेलाडीलाई प्रतियोगिताका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतले अतिथि,रेफ्रिहरुले नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न जिल्लाका शारीरिक सुगठन