दाङ जिल्ला अन्तरविद्यालय कप फुटबलको तयारी पूरा, उदघाटन खेल शुभ सन्देश र राजविद्याबिच हुने


घोराही, ८ असार । दाङ जिल्ला अन्तरविद्यालय (कक्षा ८ सम्म) कप फुटबल प्रतियोगिता–२०८३ को तयारी पुरा भएको छ ।

हापुर युथ क्लबको आयोजनामा असार ९ गतेदेखि सुरु हुने प्रतियोगिताअन्तर्गत घोराही क्षेत्रका खेलहरू‌मंगबारदेखि सुरु हुने भएका छन्। जसअन्तर्गत उद्घाटन खेल शुभ सन्देश स्कुल र राज विद्या स्कुलबीच हुनेछ ।

खेल‌घोराही उपमहानगरपालिका–१८ नवलपुर खेल मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने आयोजक हापुर युथ क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताअन्तर्गत दोश्रो खेल ग्यालेक्सी एकेडेमी र नवज्योति स्कुल र तेश्रो खेल माउन्टभ्यु र भ्याली टप स्कुलबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा घोराही क्षेत्रबाट १५ वटा विद्यालयको सहभागीता रहेको छ ।

प्रतियोगिताअन्तर्गत घोराहीसँगै हापुर र तुलसीपुर गरी तीन क्षेत्रमा खेलहरु हुनेछन् । आयोजकका अनुसार क्षेत्रगत चरणबाट छनोट भएका टोलीहरूबीच अन्तिम प्रतिस्पर्धा गराई जिल्लास्तरीय च्याम्पियनको टुंगो लगाइनेछ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५ सय ५५ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ ।

उत्कृष्ट खेलाडीलाई विधागत रुपमा विशेष पुरस्कार प्रदान गरिने आयोजक हापुर युथ क्ल्वले जनाएको छ ।प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले असार ८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने टोली दर्ता शुल्क ४ हजार ५ सय निर्धारण गरिएको छ