Ad Area

नीति कार्यक्रममा मात्र सिमित-वडाहरुमा छैनन्, कृषि र पशु प्राविधिक


दाङ, ६ असोज ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा आवश्यकता अनुसार एक वडा एक कृषि तथा पशुसेवा प्राविधिक रहने व्यवस्था गरिनेछ भन्ने वुदा राखेको छ । कृषि तथा पशुलाई व्यावसायिकीकरण गरी पालिकामा बसोवास गर्ने नागरिकको जिवन उकास्ने योजना अनुसार यो कार्यक्रम अगाडी सारिएकोहो । तर तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख कुलराज चौधरीले पालिकाका १९ वटा वडा मध्ये कुनै पनि वडामा कृषि तथा पशु प्राविधिक नभएको बताए । पालिकाले नीति कार्यक्रममा प्राथमिकता दिए पनि कार्यान्वयनको सवालमा बेवास्ता गर्दा यो समस्या देखिएको हो । उनका अनुसार कृषि शाखामा चार जना कर्मचारी मात्र रहेका छन् जसले गर्दा आवश्यक परेको समयमा उनीहरु कृषककहाँ जान सक्दैनन । ‘कृषि प्राविधिक नहुँदा हामिलाई पनि समस्या भएको छ, कृषकहरुको गुनासो त आइहाल्छ नी’उनले भने । वडामा कृषि तथा पशु प्राविधिक राख्नका लागि सम्बन्धित पालिकाले बजेट पास गरेर किताव निकाल्नुपर्ने हुन्छ । बजेट तथा प्राविधिक राख्नका लागि नीति बनाउन नसक्दा कार्यान्वयन गर्न नसकिएको चौधरीले बताए ।

घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुरका कृषक वसन्त घिमिरेले कृषि र पशुको क्षेत्रमा स्थानिय पालिकाले प्राथमिकता दिन नसकेको बताए । स्थानिय तहमा जनप्रतिनिधि आइसकेपछि कृषि र पशु क्षेत्रको विकासका लागि नीति कार्यक्रममा प्राथमिकता दिए पनि ती नीति तथा कार्यक्रम लागू गर्ने कुरामाकमजोरी रहेको उनले बताए । घोराही उपमहानगरपालिकाले पनि एक वडा एक कृषि तथा पशु प्राबिधिकको नीति लिएको भएपनि हाल वडामा प्राविधिक नभएको बताए । ‘‘प्राविधिक किन देखिदैनन् ?प्राविधिक नराखेको होकी उनिहरु तलव पकाउन मात्र बसेका हुन् ?,’ उनले भने । प्राविधिक नहुँदा कृषि र पशुको क्षेत्रमा प्राविधिक समस्या देखा परेको उनले बताए । ‘कहिले कसो प्राविधिक आएपनि कृषिको खेतवारीमा पुगेको देखिदैँन्, बाटैवाट फर्कन्छन्, यस्तो समस्या समाधान गर्ने कसले ?, उनले भने’।

घोराही उपमहागरपालिकामा कृषि शाखा प्रमुख चोप नारायण खनालले घोराहीका १९ वटा वडा मध्ये ३ वटा वडामा मात्र कृषि र पशुका प्राविधिक भएको बताए । उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १९ मा पशुका प्राविधिक तोकिएको छ, भने ९ नम्बर र १ नम्बर वडामा कृषिको प्राविधिक राखिएको उनले बताएका छन् । यी प्राविधिकहरु संघ अन्तर्रगतका हुन् । घोराही उपमहानगरपालिका आफैले कृषि र पशुको प्राविधिक राख्ने भनेको भएपनि हाल सम्म पनि त्यसो गर्न सकेको छैन् । ‘प्राविधिक राख्ने कुरामा पालिकाले सबै कुराको व्यवस्था गर्न नसक्दा ढिला भएको हो’उनले भने । कृषि विकास कार्यालय हुँदा, मत्स्य विकास शाखा, बागवानी विकास शाखा, लगाएतका प्राविधिक शाखा हुन्थे । तिनमा कृषि विकासका लागि बिषय बिज्ञहरुको व्यवस्था गरिएको थियो । गाउँ गाउँमा कृषि सेवा केन्द्र गठन गरिएको थियो । हाल कृषि विकास शाखा स्थानिय पालिकालाई हस्तान्तरण गरेपछि कृषिका गतिविधि प्रभावकारी हुन नसकेको खनालले बताए । ‘कृषि सेवा केन्द्रहरु विस्थापित भएका छन्, भने प्राविधिकहरु प्राविधिकको काम नगरेर कार्यालयका सामान्य काम गर्दे आएका छन्, यसले कृषि क्षेत्रका गतिविधि प्रभावित भएका छन्,’ उनले भने । हाल पालिका स्तरका कृषि शाखामा प्राबिधिक सेवा दिन सम्म सक्ने अवस्था नभएको उनले बताए । किसानले समस्या भयो भन्दै गुनासो गर्न आएका बेलामा समेत कर्मचारी फिल्ड जाने अवस्था छैन्, उनले भने । सामान्य अनुदान तथा विउविजन वितरण लगायतका काम गर्दे आएको खनालले बताए । आर्थिक बर्ष २०७८ को साउन महिनामा लुम्बिनि प्रदेशले एक गाउँ एक पशु अथवा कृषिको प्राविधिकको माग फारम भर्न लगाएको वताए । त्यही अनुसारको माग फारम भरेर पठाएको उनले वताए । घोराही उपमहानगरपालिका कृषि शाखामा यसवर्ष कृषि कार्यक्रमका लागि ८० लाख रुपैँया बजेट विनियोजन गरिएको उनले बताए ।

घोराही उपमहानगरपालिका कृषि शाखाका अनुसार त्रिपुरा खड्कालाई वडा नं. १ मा कृषि प्राबिधिक तोकिएको छ । उनले कृषि क्षेत्रमै काम गर्नुपर्ने थियो, तर हाल उनी वडा कार्यालयमा कम्प्युटर अपरेटरको काम गर्दे छिन् । यो भन्दा पहिले उनी लक्ष्मीपुर गाविसमा कृषि प्राविधिको काम गर्थिन् । ‘यहाँ आएपछि प्राविधिकको काम भन्नेनै छैन्, सामान्य कम्प्युटर अपरेटरको काम गर्दे आएकी छु,’ उनले भनिन् ।
लामो समय देखि आफ्नो पढाइ अनुसारको काम नगर्दा प्राबिधिकको काम भुल्ने अवस्थामा पुगेको उनले बताइन । कृषि प्राविधिकको काम किन नगरेको भन्ने प्रश्नमा उनले भनिन्–वडामा खटायो, पछि कर्मचारी अभाव भएकाले यो काम गर्नुप¥यो’ । वडामा कृषि प्राविधिकको काम गर्ने भन्नेनै छैन् ।

वडा नं. १ का अध्यक्ष राममणि पाण्डेले नगरपालिकाले उनलाई कर्मचारीका रुपमा खटाएको बताए । उहाँ कृषि प्राविधिक कर्मचारी हो, तर कृषि प्राविधिक भन्ने छैन्, प्रशासनिक कर्मचारीको रुपमा काम गर्दे आउनुभएको छ । स्थानिय तहमा कर्मचारीका रुपमा पठाइसकेपछि कर्मचारीको अभाव भएको उनलेबताए । एक वडा एक प्राबिधिक नीतिगत रुपमानै व्यवस्था हुनुपर्ने भएपनि त्यसो नहुँदा समस्या भएको उनले बताए । स्थानियपालिका, प्रदेश तथा संघिय सरकारको नीति प्रष्ट नहुँदा पनि एक वडा एक कृषि प्राविधिकको राख्ने काम अन्यौलमा रहेको उनले बताए ।

Blog Post Ad

प्रेम चौधरी जिल्ला कृषि विकास कार्यालय हुँदा मत्स्य विकास प्राबिधिक थिए । पछि स्थानियतहमा आएपछि उनलाई राप्ती गाउँपालिका वडा नं. १ मा कर्मचारीको रुपमा खटाइयो । ‘मत्स्य प्राविधिक थिएँ, तर स्थानियतहमा पठाइसकेपछि वडा सचिवको रुपमा काम थालेँ,’ उनले भने’ । स्थानिय पालिकामा कर्मचारीको अभाव भएकाले प्राविधिकले प्रशासनिक काम गर्न बाध्य भएको उनले बताए ।स्थानियपालिकाले कृषि र पशुको क्षेत्रमा व्यवस्थित रुपमा काम गर्नुपर्ने भएपछि अपेक्षित रुपमा काम गर्न नसकेको उनले बताए । यसबाट कृषि क्षेत्र कति धेरै अस्तव्यस्त छ भन्ने कुरा प्रष्ट भएको उनले बताए ।

लमही नगरपालिकाका ९ वटै वडामा कृषि तथा पशुका प्राबिधिक छैनन । प्राबिधिक नहुँदा कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न मुस्किल परेको छ । देउखुरी क्षेत्रको लमहीकृषिका लागि उर्वरठाउँ हो । लमही ५ की मतिकला चौधरीले करिव दुई बिगाहा जमिनमा लगाएको तरकारी बालीमा रोगकिरा लागेको तर त्यसको समाधान गर्न कृषि प्राविधिक पाउन मुस्किल भएको बताइन् । ‘गएको बर्ष १५ कठ्ठा जमिनमा लगाएको टमाटर पात कुहिने रोग लाग्यो, एग्रोभेटवाट औषधी लिएर छर्कियौ, त्यसले काम गरेन,’उनले भनिन् । कृषि क्षेत्रका विज्ञको अभावले गर्दा उत्पादन हुने समयमा समस्या हुने बताइन् । तरकारी लगाउने ‘समयमा पहिले जिल्ला कृषि विकास तथा कृषिको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले अनुगमन तथा सल्लाह दिने गरेको भएपनि हाल आप्mना समस्या कहाँ र कसलाई सुनाउने भनेर अलमल पर्ने गरेको उनले बताइन् । कृषकलाई प्रबिधि र तालिम चाहिने भएपनि हाल त्यस्ता कुनै पनि कार्यक्रमबारे थाहा नभएको उनले बताइन् ।

लमही नगरपालिका कृषि प्राविधिक सहायक अमर चौधरीले कार्यालयम कर्मचारीको अभाव भएको बताए । हाल कृषि शाखामा चार जना कर्मचारी कार्यरत छन् । शाखामा क्षेत्र अनुसारका कृषि बिशेषज्ञ नभएको उनले बताए । यसले गर्दा प्राविधिक सेवा दिन मुस्किल भएको छ । स्थानिय पालिकाले कृषि र पशु प्राविधिक राख्ने भनेपनि नीतिगत रुपमा प्रष्ट नहुँदा राख्न नसकिएको उनले बताए । ‘कृषि क्षेत्रमा प्राविधिक अति आवश्यक हुन्छ, तर स्थानिय पालिकाले यतातिर ध्यान दिन सकेको छैन्’उनले भने ।
चालु आर्थिक वर्षमा यस नगरपालिकाले कृषिका लागि लमहीमा एक करोड रुपैँया बजेट विनियोजन गरेको छ । कृषि र पशु प्राविधिकका लागि लुम्बिनी प्रदेश सरकारले कर्मचारीको माग फारम भर्न लगाएको थियो । एक वडामा कृषि र अर्काे वडामा पशुको क्षेत्र हेर्ने गरी कर्मचारी माग गरिएको उनले बताए ।
राजपुर गाउँपालिका कृषि शाखा प्राविधिक सहायक रिता भण्डारीले वडाहरुमा प्राविधिक नभएको वताइन् । पालिकालले यसविषयमा कुनै कार्यक्रम नराखेको उनले बताइन ।

 

 

 

Blog Post Ad Blog Post Ad