Ad Area

बार्सिलोना बराबरीमा रोकियो


म्याड्रिड — प्रशिक्षकका रूपमा रोनाल्ड कोमनको स्थिति बार्सिलोनामा अझ कमजोर भएको छ । स्पेनी ला लिगामा बार्सिलोनाले मंगलबार राति कमजोर मानिएको ग्रेनेडासँग १–१ को बराबरी खेलेको हो ।

रोनाल्ड अराजोले खेलको अन्त्यतिर हेडबाट गोल गरेपछि मात्र बार्सिलोना बराबरी नतिजा निकाल्न सफल भएको हो । ग्रेनेडाले खेलको दोस्रो मिनेटमा डोमिनगोसको गोलले अग्रता लिएको थियो ।

क्याम्प नुमा भएको खेलमा अराजोले ९०औं मिनेटमा मात्र फर्काए । बार्सिलोनाले सुरुआती पाँच खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । युरोपेली च्याम्पियन्स लिगको पछिल्लो खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भएको थियो । यससँगै क्लबमा प्रशिक्षक कोमनको भविष्य अनिश्चित भएको छ ।

Blog Post Ad Blog Post Ad