Ad Area

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दाङ आउदै


दाङ, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माधवकुमार नेपाल शनिवार दाङ आउने भएका छन ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा दुईदिनसम्म चल्ने भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल दाङ आउन लागेका हुन । राप्ती उपत्यका पाखापानीमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकोे छ । पार्टी अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रमको तयारी पुरा भएको एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले जानकारि दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशवाट केन्द्रीय कमिटीमा रहेका नेताहरु,मन्त्रीहरु,प्रदेश कमिटी र जिल्ला कमिटिमा रहेका नेता कार्यकर्ताहरु सहभागि हुने समेत अध्यक्ष चौधरीले वताए । कार्यक्रमको पहिलो दिन शनिवार खुल्ला कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नुहुने भएकाले पार्टी कार्यकर्ता, शुभचिन्तक सबैमा सहभागि हुन समेत चौधरीले आग्रह गरेका छन ।

पछिल्लो समय एकीकृत समाजवादी पार्टीप्रति जनताको आकर्षण बढेकोले शनिवार खुला कार्यक्रममा लाखौको उपस्थिती हुने अनुमानका साथ तयारी गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातवाट टीका लगाएर हजारौं नागरिकहरु पार्टी प्रवेश गर्ने तयारी रहेको छ । एकीकृत समाजवादी पार्टी दाङ जिल्ला अध्यक्ष सुरामणि वेल्वासेका अनुसार दाङ जिल्लावाट मात्रै ५ हजार नागरिकहरु श्रद्वेय पार्टी अध्यक्ष माधवकुमार नेपालवाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरिएको वताए ।

त्यस्तै कपिलवस्तु,प्युठान, अर्घाखाँची, गुल्मी,रुपन्देही,नवलपरासी,वाके, रोल्पा, वर्दिया,रुकुम,पाल्पाका पनि सयौं मानिसहरुलाई पार्टी प्रवेश गराउने र उचित जिम्मेवारी प्रदान गर्ने तयारी रहेको लुम्बिनी पार्टी ईन्चार्ज भागवत विश्वासीले जानकारी दिए । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल संगै पार्टीका उपमहासचिव विजय पौडेल, सचिव भागवत विश्वासी, अर्का सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाक्री,पोलिटब्युरो सदस्य मेटमणि चौधरी, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हिरा केसी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको दाङ पार्टी जिल्ला कमिटीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad