Ad Area

प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन


दाङ,११ पुस । लुम्विनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोे प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ । प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै प्रतियोगितामा दाङको टिम च्याम्पियन बनेको हो । च्याम्पियन बनेको दाङले मेडलसँगै प्रथम ट्रफि र प्रमाणपत्र जित्न सफल बनेको छ ।

त्यसैगरी ९ स्वर्ण, ५ रजत र ६ काश्य गरी २० पदक जित्दै प्रतियोगिता बाँके आईटिएफ तेक्वान्दोको टिम दोश्रो बनेको थियो । प्रतियोगितामा दोश्रो बनेको बाँकेले मेडल, द्धितिय ट्रफिसँगै प्रमाणपत्र आफ्नो कव्जामा पार्न सफल भयो । २ स्वर्ण, २ रजत र ६ काश्य गरि १० पदक जित्दै गुल्मी जिल्ला आईटिएफको टिम तेश्रो स्थानमा चित्त बुझाएको थियो । तेस्रो बनेको गुल्मीको टिमले मेडल,प्रमाणपत्रसहित तृतीय ट्रफि जित्यो ।

प्रतियोगितामा बर्दियाको टिमले १ स्वर्ण, ५ रजत र ७ काश्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ काश्य गरी ११ पदक, अर्घाखाँचीको टिमले ३ रजत र १० काश्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० काश्य गरि १२ जित्न सफल भएका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरुषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।

उत्कृष्ट बनेका खेलाडीलाई नगदसहित ट्रफि, र सम्मानपत्र प्रदान गरिएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा प्युठान जिल्ला आईटिएफ तेक्वान्दो संघको टिम अनुसाशीत टिम बनेको थियो । प्रतियोगिता घोराही उपमहानगरपालिका–१४कवर्ड हलमा भएको थियो । प्रतियोगितामा प्रदेशका २ सय ८० बढी खेलाडीको सहभागिता रहेको थियो ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad