Ad Area

प्याब्सन दाङकाे अध्यक्षमा केसी


दाङ  १३, पुस। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे पन्ध्राैँ अधिवेशनबाट मधुसुदन के.सी, अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

मंगलबार दाङकाे घाेराहीमा भएकाे अधिवेशनबाट केसी अध्यक्षमा चयन भएकाे निर्वाचन समितिले बताएकाे छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विजय जि.एम. उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदिम के.सी., काेषाध्यक्षमा पाेषण न्याैपाने, सह सचिवमा डिआर भण्डारी, विकास रजाैरे र सह काेषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यमा विष्णुमणि देवकाेटा, विमल अधिकारी , विजय गाैतम, निमानन्द गैरे, विलाेचन चाैधरी, पुस्करदेव चाैधरी,शर्मिला याेगी, हरि वली,पार्वती भुसाल र कृष्णदेव पाेख्रेल चयन भएका छन् । निर्वाचन समितिकाे संयाेजकमा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरी रहेका थिए भने सदस्यमा केन्द्रीय सदस्य केशव थापा र प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र रहेका थिए ।

Blog Post Ad Blog Post Ad