Ad Area

किसानलाई अनुदानमा कृषि औजार वितरण


तीर्थ ज्ञवाली

देउखुरी, १८ पुस । नामसालिङ सामुदायीक विकास केन्द्रले कृषि औजार वितरण गरेको छ । नामसालिङ सामुदायीक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङका विभिन्न वार्डमा गठित कृषक समूहका सदस्यहरुलाई साना कृषि औजार वितरण गरेको हो ।

समूहमा आवद्ध कृषकहरुको खेतीपाती तथा उत्पादन–उपरान्त मुल्य अभिवृद्धि कालागी सहयोग गर्ने उद्देस्यले सामुहीक तथा बेक्तिगत रूपमा प्रयोग गर्नका लागी ५ थान मिनी टिलर, ६ थान कुटानी तथा पिसानी मिल र ८ थान मकै सेलर मसिन वितरण गरिएको हो । राप्ती गाउँपालिकासँगको साझेदारी तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।
वितरण गरिएका कृषि औजारहरु कृषकहरु अन्जु खनाल फुलवारी समुह बराखुट्टी, टंकनाथ चौधरी लालिगुराँस समुह खुरूरिया, पन्चावति समाल संगिनी समुह भुल्ने, सान्त प्रसाद चौधरी नमुना समुह बसन्तापुर, कुसमी विक, कोपिला समुह नयाँबस्ती, रामदुलारी चौधरी नमुना समुह बसन्तापुरलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरिएको नामसालिङ सामुदायीक विकास केन्द्र का कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

नामसालिङ सामुदायीक विकास केन्द्रको ५० प्रतिशत अनुदानमा मकै सेलर मसिन पाउने कृषकहरुमा गीता चौधरी, टिपुनी चौधरी, मिना चौधरी, कुल बहादुर बुढा मगर, शिवा चौधरी, विनु चौधरी र शिवा चौधरी रहेका छन ।

नामसालिङ सामुदायीक विकास केन्द्रको ५० प्रतिशत अनुदानमा मिनि टिलर पाउने कृषकहरुमा विक्रम सुनारी मगर, रिखीराम कुमाल, सरिता उचहि, शर्मिला वली र गौरीमाया घर्तीलाई कृषि औजार प्रदान गरिएको नामसालिङ सामुदायीक विकास केन्द्र का कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad