Ad Area

विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान


दाङ, १० असोज ।

विपन्न तथा जेहेन्दार ६६ जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक कार्यक्रम गरि अमर माध्यमिक विद्यालय उरहरीमा अध्ययनरत छात्रछात्राहरुलाई प्रतिव्यक्ति एक हजार एक सयका दरले छात्रवृत्ति प्रदान गरेको छ । ग्रामिण महिला उत्थान केन्द्रका प्रमुख कार्यकारी अधिकृत सोगतविर चाधैरीले ७२ हजार ६ सय छात्रवृत्ति रकम प्रदान गरिएको जानकारी दिएका छन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डांगी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चौधरीले संस्थाले शिक्षाक्षेत्रको विकासका लागि सहयोग स्वरुप छात्रवृत्ति प्रदान गरेको बताए । यसले विद्यार्थीको पठनपाठनमा थप हौसला मिल्ने उनको भनाई थियो । विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले संस्थाको यो कार्य प्रशंसा लायक भएको बताए ।

 

Blog Post Ad Blog Post Ad