Ad Area

फैलदै कोरोना, २४ घण्टामा ४६ संक्रमित


दाङ, २३ पुस ।

दाङमा कोरोना संक्रमण फैलन थालेको छ । वितेको २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर र तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट २१ जना पुरुष र २५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

घोराहीमा २ जनाको पिसीआर परिक्षण गर्दा १ जनामा र तुलसीपुरका १४२ जनामा एन्टिजेन परिक्षण गर्दा ४५ जना संक्रमण देखिएको केन्द्रले जनाएको छ । त्यस्तै शुक्रवार लमहीका एक जना कारोना मुक्त भएका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ जना पुगेको छ । उनीहरुमध्ये १ जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियू सहितको उपचारमा र अन्य ६४ जना घरमै रहेको केन्द्रको भनाई छ ।

Blog Post Ad Blog Post Ad