Ad Area

जनपत्रकार संगठन लुम्बिनी प्रदेशमा नेतृत्व चयन


दाङ,११ असोज । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । प्रथम सम्मेलनले दिपेश बिष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ । दाङको घोराहीमा भएको प्रथम सम्मेलनको बन्दसत्रले २१ सदस्यीय प्रदेश समिति निर्वचित गरेको हो ।

समितिको उपाध्यक्षमा एक जना महिला थप्ने गरि राजेन्द्र रावत क्षेत्री (प्युठान), सचिवमा अनिल नेपाली (अर्घाखाँची), सहसचिवमा केवी गुरुङ (रोल्पा) र बिहानी मगर (रुपन्देही), कोषाध्यक्षमा मुक्ति गैरे (पाल्पा) रहेका छन् । सदस्यहरुमा हर्क बहादुर घर्ति (रोल्पा), प्रदिप पाठक (नवलपरासी), प्रदिप राहादी मगर (रुपन्देही), किस्मा खड्का (पाल्पा), अयन बिक (अर्घाखाँची), डीबी खड्का (गुल्मी), हेमन्तप्रकाश वली (दाङ), अनिल थारु (कपिलबस्तु) रहेका छन ।

जन पत्रकार संगठन लुम्बिनी प्रदेश समितिको सम्मेलनमा प्रदेश संयोजक दिपेश विष्टको अध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलको प्रमुख अतिथ्या एव जन पत्रकार संगठन केन्द्रिय सम्मेलन आयोजक समितिका संयोजक शेरबहादुर बिकको विशिष्ट अतिथियतामा भएको थियो ।

 

Blog Post Ad Blog Post Ad