Ad Area

प्रधानमन्त्री कप क्रिकेट खेल्न १४ सदस्यीय लुम्बिनी प्रदेशको टिम छनोट


 दाङ,२५ पुस । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्विनी प्रदेशको टिम छनोट भएको छ । रुपन्देहीको भैरहवामा भएको छनोट खेलबाट कृष्ण कार्कीको कप्तानीमा १४ सदस्यीय लुम्विनी प्रदेशस्तरीय सिनियर पुरुष खेलाडीको टिम छनोट भएको हो ।
१४ सदस्यीय पुरुष क्रिकेट टिमको उपकप्तानमा सौरव खनाल रहेका छन् भने सदस्यहरुमा सन्दीप रजाली, देव खनाल, विक्रम भुसाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्तसिंह थापा, तुलबहादुर थापा, मोहन खत्री, बसिर अहमद्, सिद्धान्तराज शाही, दिपेन्द्र रावत, विशालविक्रम केसी रहेको नेपाल क्रिकेट संघ क्यानका लुम्विनी तथा कर्णाली प्रदेश सदस्य तथा छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् । उनका अनुसार ४ जना बैकल्पीक खेलाडीमा परेका छन् । जसमा दिलसाद अलि, निर्मल गुरुङ, राजविर सिंह र नरेशकुमार नेपाली रहेका छन् ।
लुम्विनी प्रदेश टिमको प्रशिक्षकमा दिपेन्द्रप्रताप सिंह र व्यवस्थापकको जिम्मा नासिर अन्सारीलाई दिइएको छ । यसअघि यु–१९ वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिता र प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा लुम्विनी प्रदेशबाट छनोट भएका दुवै टिमहरुले उत्कृष्ट प्रदर्शन गर्दै पुरुष टिम च्याम्पियन र महिला टिम सेमिफाइनसम्म पुग्न सकेकाले अहिलेको सिनियर टिमले पनि उत्कृष्ट प्रदर्शन विश्वास व्यक्त गरेको छनोट समितिका संयोजक रोकाले जानकारी दिएका छन् ।
सोमवारदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल किर्तिपुरको टियु खेल मैदानमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशको क्रिकेट टिमकोबिचमा हुने भएको छ भने दोश्रो खेल सोमवार नै लुम्विनी प्रदेश र बागमती प्रदेशको क्रिकेट टिमका विच हुनेछ । लुम्विनी र बागमती प्रदेशको खेल काठमाण्डौको मुलपानी खेल मैदानमा हुनेछ । २६ गतेदेखि माघको ५ गतेसम्म हुने प्रतियोगीतामा लुम्विनी प्रदेशले पुसको २९ गते प्रदेश नं. २, पुसको ३० गते नेपाल सशस्त्र प्रहरीको क्रिकेट टिम र माघको २ गते गण्डकी प्रदेशको क्रिकेट टिमसँग प्रतिष्प्रर्धा गर्नेछ ।
Blog Post Ad Blog Post Ad