Ad Area

बाआमा गुमाएका तिर्साङका बालबालिकाको अभिभावकत्व वडा अध्यक्ष सार्कीले लिने


घोराही ५, माघ । बाबुआमा गुमाएर टुहुरा बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका शर्मिला, अशोक, दीपक र सोनिया कामीको लालनपालन र शिक्षादिक्षाका लागि घोराही ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले अभिभावकत्व लिने भएका छन् ।

दाङको घोराही–१९ राम्चेस्थित कोइलाखानीमा २०७७ फागुन १० गते पुरिएर मृत्यु भएका बुवा मोहनलाल कामीको शोकमा रहेकै बेला मंसीर २८ गते आमा शान्ति कामीको पनि मृत्युभएपछि कलिला बालबालिकाहरुको दैनिकी थप कष्टकर बनेको थाहा पाएपछि वडा अध्यक्ष सार्कीले आफ्नै लगानीमा घरमै राखेर लालनपालन र शिक्षा दिक्षा दिने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार कामीकै घरमा रासन, न्यायो कपडालिएर पुग्नुभएका उनले बालबालिकाहरुको कान्छा बुवा भारतबाट फर्किएपछि घर सल्लाहमा आफुले अभिभावकत्व ग्रहण गर्ने बताउनुभएको छ । मानवता नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै आफु जनप्रतिनिधि भएपनि यो नितान्त सामाजिक सेवा रहेको उनको भनाई थियो । आफुले सानो छँदा निकै दुखकष्ट सहेको, दुखका कारण पढ्न नपाएको हूँदा आफु जस्तै ती बालबालिकाहरुको भविष्य नहोस् भन्दै घरमै राखेर पढाउने र उनीहरुको भविष्य बनाउने आफुले अठोट लिएको बुवाआमा गुमाएका चार भाइबहिनीहरुको अहिले स्याहार गर्दै आउनुभएकी काकी चन्द्रकली बिकलाई वडा अध्यक्ष सार्कीले अनुरोध गरेका छन् ।

‘म जनप्रतिनिधि हुँ तर यो बेलामा मलाई मानवताले बढी आकर्षित गरेको छ, बेसहारा बनेर दुख पाएको सुनेपछि म यहाँ आएको हुँ । मैले जस्तै दुख झेल्न नपरोस्, भोलि यो देशको प्रतिनिधित्व गर्ने ठूला मान्छे बनून् भनेर आफैले व्यत्तिलगत लगानी गरेर लालनपालन गर्ने र शिक्षादिक्षा दिने प्रतिवद्धता जनाएको छु,’ वडा अध्यक्ष सार्कीले भने, ‘यो काम अब यी बालबालिकाको अंकल आएपछि घर सल्लाहमा हुन्छ, मैले गरेको प्रस्ताव सबैले हुन्छ भन्नुभएको छ ।’

Blog Post Ad

बाबुआमा गुमाएका दीपक बिक अहिले १३ वर्षका भए । बहिनी ११ वर्ष छिन् भने अशोक ६ वर्षका छन् । कान्छी बहिनी अहिले ११ महिनाका भएकी छिन् । यी साना अबोध बालबालिकाहरुको हाल सानीआमाले घरमै लगेर स्याहार गर्दै आएकी छिन् । उनीहरुको लालनपालन र शिक्षा दिक्षा कसरी अघि बढाउने भन्ने चिन्ता र चासो भईरहेका बेला वडा अध्यक्ष सार्कीले अग्रसरता लिएपछि स्थानीयले पनि खुशी व्यक्त गरेका छन् । वडा नम्बर १९ का वडा सदस्य जंग रोकाले अभिभावक गुमाएर अलपत्र अवस्थामा पुगेका बालबालिकाहरुको लालनपालन र शिक्षा दिक्षाका लागि वडा अध्यक्ष सार्कीले लिनुभएको पहलका लागि आभार प्रकट गरेका छन् ।

बाआमाको मृत्यु भएपछि टुहुरा भएका चार भाइबहिनी घरमा बस्न सक्दैनन् । घरमा बस्दा बुवाआमाको यादले सताउँछ । दीपकले एक वर्ष नबित्दै बा–आमाको किरिया गर्नुपर्याे । अब उनीहरूको लालनपालन कसले गर्ने भन्ने अन्योल भईरहेको थियो । काकी चन्द्रकला कामीले संरक्षणमा रहेपनि यो दीर्घकालीन भने होईन । १३ वर्षदेखि कोइलाखानीमा काम गर्दै आएका मोहनलालको १ सय ६० मिटर गहिराइमा च्यापिएर मृत्युभएपछि उनीहरुको दुखका पहाड अझ चुलिँदै गएका हुन् ।

३३ वर्षको उमेरमै जीवन गुमाएकी जेठी छेरी गीता बिक अहिले ज्याला मजदुरीका लागि भक्तपुरको इटाभट्टामा पुगेकी छिन् । अहिले घरको जेठो सन्तान दीपकलाई भाइबहिनीहरुको स्याहार कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

घोराहीबाट २३ किलोमिटर उत्तर पहाडी भेगमा पर्ने तिर्साङ गाउँ भौगोलिक रूपमा विकट छ । दीपकको खरको छानो भएको सानो घर र थोरै बारी छ । त्यसमा वर्षमा एक बाली मकै लगाईनछ तर मकैले एक महिना पनि खान पुग्दैन । उब्जनीले खान नपुग्ने भएकाले मोहनलालको कमाईले नै परिवार पालिएका थिए । मोहनलालको मृत्युपछि सुरु भएको दुर्दशा शान्तिको मृत्युसम्म पुग्दा जर्जर भइसकेको छ ।

Blog Post Ad Blog Post Ad