Ad Area

तेल किन्न ऋण लिनुपर्ने अवस्थामा आयल निगम, १९ अर्ब २६ करोड रुपैयाँ घाटा


दाङ ४, माघ । नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले विज्ञप्ति निकालेर आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको हो । भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २ अर्ब रुपैयाँ अपुग भएको विज्ञप्तिमा उल्लेख छ ।

यो आउँदो जनवरी २३ अर्थात् माघ ८ गते गर्नुपर्ने भुक्तानीका लागि अपुग रकम हो । यसको व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिती देखिएको निगमले जनाएको छ ।

पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको र माघ एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए । मूल्य समायोजन गरिए पनि महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा रहेको उनको भनाई छ ।

Blog Post Ad Blog Post Ad