Ad Area

दाङका घुमन्ते कवाड व्यवसायीहरु पेशागत पोशाकमा सजिए


घोराही ११, माघ । लामो समयसम्म पहिचान बिना स्वतन्त्र रुपमा कवाड संकलन गर्दै आएका कवाड व्यवसायी एकत्रित हुन थालेका छन् । पेशालाई विश्वसनीय र मर्यादित बनाउन उनीहरु एकतावद्ध हुदै गएका छन् ।

राप्ती कवाड व्यवसायी समिति दाङले घुमन्ते व्यवसायीहरुलाई पोशाक वितरण गरेको छ । समितिमा आवद्धमा भएका दाङका सम्पूर्ण व्यवसायीहरुलाई पोशाक वितरण गरिएको छ । समितिका अध्यक्ष मञ्जित पुनका अनुसार ७ सय बढि घुमन्ते व्यवसायीहरुलाई पोशाक वितरण गरिएको हो । समितिको बैठकको निर्णय बमोजिम उनीहरुलाई पोशाक वितरण गरिएको हो । व्यवसायीहरुलाई एकतावद्ध बनाउन पोशाकले भूमिका खेल्ने समितिका अध्यक्ष पुनको भनाई छ ।

अहिले पनि कवाड व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फराकिलो हुन नसकेको भन्दै कवाड व्यवसायीहरुलाई मर्यादित र एकतावद्ध बनाउन आवश्यक रहेको समेत पुनले बताए । पोशाक पाएसँगै कवाड व्यवसायीहरु पनि हर्षित भएका छन् । पोशाक नहुँदा आफूहरुले विभिन्न किसिमका दुःख पाउने गरेको भन्दै अब त्यो समस्या नआउने आफुहरुले विश्वास लिएको कवाड व्यवसायी रमजान दुनियाले बताए । आफूले पाएको पोशाक कारोबार गर्दा लगाउने समेत अर्का कबाड व्यवसायी हरिशंकर जैसवालको भनाई छ । समितिमा आवद्ध कवाड व्यवसायीहरुको पहिचान तथा पोशाक नहुँदा समाजमा परिचित नहुने समस्या रहेको थियो ।

गलत मनसायले अन्य व्यक्तिले चोरी गर्ने तर, त्यो आक्षेप कवाड व्यवसायीहरुलाई लाग्ने गरेको भन्दै अब भने त्यो समस्या नहुनेमा आफुहरु विश्वस्त रहेको घोराही १५ मा भेटिनुभएका कवाड व्यवसायी मनिक मन्सुरीले बताए । समितिका सबै व्यवसायीहरुलाई पोशाक लगाएर श्रोत केन्द्रबाट सामान खरिद गर्न समेत अनुरोध गरिएको छ । समितिले पोशाक नलगाएर सामान खरिद गरेमा कारवाही गर्ने निर्णय गरेकोले सोही निर्णय पालना गर्न समेत अनुरोध गरिएको छ ।

पोशाक लगाएको व्यक्तिलाई मात्रै सामान दिन र लिन पनि उपभोक्ताहरुलाई अपिल गरिएको छ । पेशागत मर्यादा कायम राख्न तथा काम प्रतिको जिम्मेवारी बढाउन कवाड व्यवसायीहरुले पोशाक लगाउन थालेसँगै घर, पसल, व्यापारिक थलोबाट निकिस्एका बिक्रियोग्य बस्तु बेच्न सहज हुने अपेक्षा गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad