Ad Area

मास्क अभियानमा दाङ जिल्ला उद्योग वाणिज्य संघ


घोराही ११, माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले नागरिकलाई स्वास्थ्य सम्वन्धी सचेतना तथा मास्क वितरण गरेको छ । संघले सोमबार घोराहीमा मास्क नलगाएर हिडेका नागरिकलाई सचेत गराउने तथा मास्क वितरण गर्ने गरेको हो । कोभिडको तेस्रो लहर ओमिक्रोन भेरियन्ट बढ्दै गइरहेको अवस्थामा पनि नागरिकमा लापरबाही देखिएको छ । अहिले पनि नागरिक मास्क विना हिडी रहेको पाइन्छ । लगाएकाले पनि सही रुपमा नलगाउने गरेका छन् ।

मास्क, स्यानिटाइजरको प्रयोग घट्दै गइरहेको देखिन्छ । ‘सार्वजनिक स्थलमा मास्कको प्रयोग घट्न थालेको छ । नागरिक तथा व्यवसायीहरुलाइ स्वास्थ्य प्रति सचेत गराउने उदेश्यले सचेतना अभियान सञ्चालन गरेका हौ’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले भने । सचेतनाको क्रममा कति पय नागरिकले मास्कको प्रयोग नपाएको उनले बताए । मास्क नलगाएकालाई सचेत गराउदै मास्कको प्रयोग गर्न आग्रह गरिएको उनको भनाई छ । कोभिड सङ्क्रमण बढ्दै गइरहेको अवस्था हाम्रा सामु विदितै छ तसर्थ स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न समेत आग्रह गरे । कोभिडको तेस्रो लहर ओमिक्रोन भेरियन्ट बाट बचन आफै नै सचेत हुनु पर्ने उनको भनाई छ ।

यस प्रकारको अभियानलाई निरन्तरता दिइने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । ‘हामीले सचेतना अभियानलाई निरन्तरता दिदै आएका छौ’ उनले भने । सचेतना अभियान बजारी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रसम्म पनि पु¥याउने गरिएको उनको भनाई छ । सचेतना अभियानको क्रममा नागरिकहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्ने, व्यक्ति व्यक्ति विचको दुरी कायम राख्नु पर्ने, अनिवार्य मास्क सेनीटाइजरको प्रयोग गर्नु पर्ने, समय समयमा सावुन पानीले हात धुनु पर्ने, नगद कोरोवार गर्दा सङक्रमण वढी हुने संभावना हुने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको थियो ।

सोमबार संघले बालमन्दिर चोक, दामोदर चोक, न्युरोड, तुल्सीपुर चोक, मेन रोड, शहिद गेट, शहिद गेट रोड, बैक रोड, गणेश मन्दिर रोड, खसी मासु वजार, नेपाल टेलिकल, सब्जी मण्डी लगायत क्षेत्रमा सचेतनासंगै मास्क वितरण गरेको हो । संघका अध्यक्ष टंकसिंह वुढाथोकीको नेतृत्वमा खटिएको टोलीमा महासचिव महेन्द्र वुढाथोकी, संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, उद्योग उपाध्यक्ष अनिल आचार्य, सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु भरतप्रसाद रेग्मी, एकनारायण पौडेल, ज्ञानबहादुर फौदार क्षेत्री, विकास वली, माधव खनाल, विशिष्ट सदस्य मित्रदेव अधिकारीलगायत सहभागिता भएका थिए ।

Blog Post Ad Blog Post Ad