राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वर्तमान र निवर्तमान मुख्यमन्त्रीले गरे मतदान (फोटोफिचर)

दाङ, १२ माघ । फागुन २० गतेबाट हुन लागेको रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचन शुरु भएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्विनी प्रदेशको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान शुरु भएको हो ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेर मतदान कार्य शुभारम्भ गरेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले अहिले मतदान गरिरहेका छन् । यस्तै, नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले पनि मतदान गरेका छन् । प्रदेशमा निर्वाचनका लागि १ मतदान स्थल निर्धारण गरिएको छ भने २ मतदान केन्द्र निर्धारण गरिएकोे छ ।
राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलको तर्फबाट ३ जना र नेकपा एमालेको तर्फबाट ३ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदार रहेका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् ।
मतदान दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ । त्ससपश्चात आजै बेलुकी सम्ममा मतगणना गरी केन्द्रमा पठाईएने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।