थबाङ किन विद्रोही ?
दाङ । सशस्त्र द्धन्द्धको बेला माओवादीको आधार इलाका मात्र होइन । क्रान्तिको लालकिल्ला मानिन्थ्यो, रोल्पाको थबाङ । थबाङले दिएको आश्रयमा प्रचण्ड, बाबुराम लगायतका माओवादी नेताहरुले जनयुद्धको रणनीति बनाए । थबाङलाई नै आधार बनाएर सुरु भएको जनयुद्ध मुलुकभर फैलियो र १० वर्ष चल्यो ।
स्वयं थबाङवासीहरु युद्धमा होमिएर माओवादीले उठाएको नयाँ जनवादी क्रान्तिको नारालाई सार्थक रुप दिए । र, सशस्त्र द्वन्द्वलाई शिखरमा पु¥याए । राज्य विद्रोही पक्षबीचको लडाइले युद्धमा भूमिमा परिणत थबाङ अहिले भने शान्त छ । कुनै समय बन्दुक र गोला बारुदका गन्धमात्र आउँने थबाङका गाउँबस्तीमा १५ वर्षयता हिंसात्मक गतिविधि भएका छैनन् ।
युद्धकालको बेलो चपडेडामा परेर छिया–छिया भएका थबाङको गाउँ–बस्ती अहिले कस्तो होला ? राज्यले नजरमा थबाङ के अहिले पनि विद्राही छ ? मुलकुमा युद्धमा विराम भएर शान्ति छाएको १५ वर्षपछि थबाङ कस्तो भए होला ? यस्तै प्रश्न बोकेर गत असोजको अन्तिमतीर पुगेका थिए, रोल्पाको थबाङ, अर्थात युद्धको आधार स्थल ।
दमनले विद्रोही
जनयुद्ध सुरुवात हुनु अगावै माओवादीले रोल्पा र रुकुमलाई आधार बनाएर क्रान्ती गर्ने तयारी गर्दै विभिन्न अभियान चलाइरहेका थिए । २०५० सालदेखि नै माओवादीले रोल्पालाई आधार इलाका तयार गर्ने आफ्नो रणनीति थाल्यो । त्यती बेलाका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २०५२ सालमा ‘अप्रेशन रोमियो’ सुरु ग¥र्याे । जसले माओवादीका विद्रोह बढाउन सघाउ पु¥यो ।
प्रहरीले गाउँका महिलामाथि बलात्कार गर्ने, अन्नबाली छतालछुल्लन पारिदिने र पशुपछी काटेर खाइदिने गर्न थाले । गाउँलेमाथिका ज्यादती बढेर गए । सत्ताका यस्ता गतिविधिले थबाङवासी क्रुद्ध भए । अन्याय नचाहने थबाङवासीले राज्यको दमनविरुद्ध माओवादी विद्रोहलाई सघाउन थाले ।
‘थबाङ इतिहास नै कहिले अन्याय नसहने छ’ थबाङका कम्पयुनिष्ट नेता जयप्रकाश बुढा भन्छन्, ‘सत्ताले जब–जब अन्याय गर्न खोज्यो, तब–तब थबाङ सधै त्यसको विरुद्धमा विद्रोह गर्न तयार भयो ।’ त्यसको क्रमशः माओवादी बढेपछि थबाङ आधार इलाका बन्न पुग्यो ।
माओवादीको आधार ईलाका भएकाले सुरक्षाफौजको नजर सधै थबाङमा हुन्थ्यो । त्यही कारण युद्धकालिन अवधीभर थबाङमा पटक–पटक सौन्य अपरेसन भए । राज्यका सुरक्षाफैजाबाट गाउँलेमाथिको ज्यादती बढेर गए । कम्युष्टिन नेता बुढा भन्छन्, ‘पटक–पटक गाउँलेमाथि ज्यादती बढेपछि यसले विद्रोहको रुप लियो । सुरक्षाका फौजका ज्यादतीबाट गाउँलेहरू सत्तासँग आक्रोशित भए । त्यसले जनयुद्धलाई ठूलो रुप दिन सघाउ पु¥यायो ।’
उनको भनाइमा त्यती बेला नेपाली सेनाको यतिसम्म आतंकित मानसिकता थियो की उनीहरु थबाङलाई माओवादीको गाउँ भन्थे । त्यहाँ भएका पशुप्राणीसम्मलाई माओवादी देख्थे । ‘सेनाले गाइबस्तुलाई समेत माओवादी भन्दै गोली हानेर मार्न गर्थे ।’– उनी भन्छन् ।
सेनाको दमन यतिमै रोकिएन । गाउँमा पुरुष मान्छे देख्नै नहुँने, माओवादी भनेर कुटपीट र चरम यातना दिन्थे । माओवादीको आरोपमा अनाहक हत्या गर्ने र वेत्तता बनाउने श्रृंखला बढ्न थाल्यो । राज्यसत्ताको दमन यतिसम्म बढ्यो की गाउँमा पुरुषहरु बस्न सक्ने स्थिती भएन । सेनाको गस्तीहरु यति बढ्न थालेपछि गाउँमा महिला र वृद्धामात्र भेटिन थाले ।
‘युद्ध चर्कदै गएपछि गाउँमा बस्ने अवस्था आएन’ थबाङमा युवा व्यापक बुढा सम्झनछन्, ‘कतिबेला प्रहरी र सेनाबाट मारिने हो या वेपत्ता पारिने पत्तो नहुँने । राज्यको दमन बढेपछि की जनयुद्धमा लाग्नुपर्ने भयो की गाउँ छाडेर भाग्नुपर्ने भयो ।’ ज्यान जोगाउनु पर्ने अवस्था आएपछि थुप्रै युवाहरु विद्रोहको बाटो समाए र केही भने गाउँ छाडेको बुढा बताउँछन् ।
जति–जति दमन र ज्यादती बढ्दै जान्थ्यो, त्यती–त्यती जनयुद्ध चर्कदै गयो । गाउँका पुरुष र महिलासमेत जनयुद्धमा सरिक हुन थाले । अन्याय एउटा बिन्दुमा पुगेपछि अन्त्य हुन्छ भनेझै राज्यको दमन विरुद्ध सिगो गाउँ नै राज्य विरुद्धमा माओवादी जनयुद्धलाई सार्थक बनाउन लागे ।
गाउँ जलेको त्यो रात
थबाङमा विर्सननै नसकिने अनगिनत युद्धका घटना भएका छन् । जुन् थबाङवासीका मनमा कहिल्लै विर्सन नसकिने गरी बसेका छन् । २०५८ सालको चैतमा भएको त्यस्तै घटना सायदै थबाङवासीले कहिल्लै विर्सन सक्नेछन् ।
२०५८ सालमा चैतमा सेनाको क्रुर रुप देखियो । सेनाले थबाङको ठूलोगाउँमा आगो लगाईदियो । जसमा १९ घर जले । ‘आँखा अगाडी हाम्रो गाउँ जलेको देख्यौं’ २०५८ सालको घटना सम्झदै थबाङका स्थानीय धपलाल पुन भावुक हुन्छन्, ‘जंगलमा बसरे आफ्नै घर जलेको दृश्य एकदमै कारुण थियो । त्यो दिन सायदै हामी विर्सन सक्लौं ।’
त्यही आगोमा जलेको थियो, राममाया रोकाको घर पनि । जंगलमा बसेर टाढैबाट उनले आफ्नो घर जलेको दृश्य हेरिन् । त्यो रात सिंगो थबाङवासीसँगै उनी पनि रोइन् । ‘त्यो रात घरसँगै हाम्रो मन जलेको थियो’ उनी भन्छिन्, ‘हाम्रा अन्नबाली, गाइबस्तु सबै जले ।’ गाउँमा सेना थवाङ आउँदा गाउँले डरले जंगलतिर भागेका थिए । थबाङवासी विस्थापित भएर कयौं महिना जंगलको वास बसे । ‘सेना पुगेपछि कयौं महिना हामी गाउँ फर्कन सकेनौं’ उनी भन्छिन्, ‘जंगलमै कहिले कता कहिले कता लुकेर बस्यौं ।’
करिब तीन महिनापछि गाउँ फर्कदा केही थिएन । सेनाले गाउँनै ध्वस्त बनाएर गएका थिए । थबाङवासीका घरभन्दा धेरै मन जलेका थिए । वस्तुभाउ, पशु र अन्नवाली सबै खरानी भए ।
थबाङ किन विद्रोही ?
राज्यको नजरमा थबाङ सधै विद्रोही रह्यो । कम्युनिष्ट विचारले ओतपरत थबाङले २०३६ सालको जनमत संग्रहमा बहुदल पक्षमा भोट खसालेर पञ्चायत विरुद्ध उभिएको थियो । २०३७ सालअघि र त्यसपछि पनि पटक–पटक निर्वाचन बहिष्कार गर्दै आएको थबाङको इतिहास छ ।
०७० को संविधान सभा निर्वाचनमा मुलुकभर चुनाव भइरहदा थबाङमा भने बहिष्कार भयो । थबाङमा भोट नहाल्ने सामूहिक निर्णय अनुसार सुन्य मतदान भयो ।
सामूहिक निर्णय प्रणालीका कारण थबाङले मतदान गर्ने वा चुनाव बहिष्कार गर्दै आएको सुनाउँछन्, थबाङका कम्युनिष्ट नेता जयप्रकाश रोका । उनका अनुसार थबाङमा सामूहिक निर्णय प्रणालि कस्तो अचम्मको छ भने गाउँको अगुवा वा मुखियाले भोट हाल्न गए सबै जाने नत्र कोही नजाने ।
२०१५ सालदेखि ०७० सालसम्म आइपुग्दा विभिन्न कालखण्डमा चुनाव बहिष्कार गर्दै आएको थबाङले राज्य विरोधी गतिविधि गर्दै आयो । यही कारण पञ्चायतकालदेखि जनयुद्धसम्म थबाङमा सेना परिचालन भए । यसले थबाङवासीमा ‘एन्टि स्टेट’ अर्थात राज्य विरोधी मनोभावनाको विकास हुँदै गयो ।
अन्याय नचाहने थबाङले सत्ता विरुद्ध सशक्त विद्रोह गर्दै आएको जयप्रकाश बुढाले बताए । ‘थवाङमाथि राज्यले सधै दमन गरिह्यो । त्यही दमन र उत्पीडन विरुद्ध विगतदेखि नै थबाङले संघर्ष गरेको इतिहास छ ।’ उनले सुनाए । थवाङलाई राज्यले विकास, सेवा सुविधाबाट उपेक्षा गर्दै आएका कारण राज्य विरुद्ध विद्राही मनोविज्ञान तयार भएको उनले सुनाए । भन्छन्, ‘थबाङले राज्यबाट जे जति विकास पाउनुपर्नै थियो, त्यो कहिल्लै पाएन । यहाँका नागरिकलाई राज्यले सौतेला व्यवहार ग¥र्याे । सेवा सुविधाबाट सधै उपेक्षीत भए । त्यसकारण थबाङ सधै विद्रोही रह्यो ।’
शान्तिपछिको थबाङ
२०५२ सालमा शुरु भएको माओवादी सशस्त्र द्वन्द्व करिब एक दशक चल्यो । २०६३ मंसिर ५ गते सरकारसँग भएको १२ बँुदे शान्ति सम्झौतापछि माओवादीले बन्दुक बिसायो । र, मुलुकमा युद्धविराम भयो ।
१० वर्ष चलेको त्यही जनयुद्धले राज्य शासकीय व्यवस्थामाथि धावामात्र बोलेन, मुलुककोे राजनीतिकमा ठूलो उथलपुथल मच्चायो । राजतन्त्रलाई घुडा टेकायो । र, मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।
तर थबाङलाई आधार मानेर थालनी भएको जनयुद्धको बद्लामा थबाङसहितका यी गाउँले युद्धको ठूलो मार खेप्नु प¥र्याे । क्रान्तिको रातो झण्डा फहराइ रहेन यी गाउँलाई राज्यले विद्रोही भन्यो । युद्धकालिन समयभर राज्य र विद्रोही पक्षबीचको लडाइले यो गाउँ युद्ध भूमिमा परिणत भयो । थबाङवासीका लागि त्यो एक दशक भय र कालो रात जसरी बित्यो ।
युद्धलाई साकार रुपदिन थबाङवासीले थुप्रै भौतिक र मानवीय क्षति बेहोर्नुप¥यो । युद्धकै चपेटामा कति ज्यान गुमे, कति घाइते र अपाङ्ग बने । गर्भवती महिलासमेत वनजंगलमै सुत्केरी बने । थबाङमा ३३ जनासहित रोल्पामा मात्रै एक हजार बढीले ज्यान गुमाए ।
माओवादीको आश्रय स्थल भएकाले युद्धकालमा राज्यपक्षबाट यहाँका नागरिकमाथि ठूलो ज्यादती भएको सुनाउँछन्, थबाङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष बसन्त रोका मगर । ‘थबाङमा त्यस्तो कोही छैन, जोसँग युद्धको घाउँ नभएको होस्’ उनी भन्छन्, ‘युद्धमा हरेकले परिवारले कोही न कोही, केही न केही गुमाएका छन् ।’
युद्धमा आफन्त र आफ्ना मान्छे गुमाउदाका पीडा थबाङवासीसँग छ । द्वन्द्वले बनाएको आलो घाउ थबाङवासीले केही गरी बिर्सन सक्ने छैनन् । न राज्यले नै त्यसको परिपूर्ति गर्न सक्नेछ ।
थबाङको नयाँ रुप
१० वर्ष कहिले जंगल लुक्दै त कहिले युद्धमा सरिक हुँदै हिड्ने या नागरिक शान्ति स्थापनापछि दिनचर्या फरक छ । माओवादीलाई आश्रय दिएकाले थबाङ सधै राज्य सुरक्षा फौजको आक्रमणको निशाना प¥थ्र्याे । ‘हिजो यहाँ ठूला युद्ध भयो । सेना र प्रहरीबाट ज्यादती भए’ रामकुमारी रोका सम्झन्छिन्, ‘माओवादी र सेनाकाबीचका भिडन्तामा मान्छे न मारिए दिन हुँदैन थिए ।’
युद्ध विरामभएर शान्ति स्थापना भएयता भने थबाङमा यस्ता हिंसात्मक घटना भएका छ्रैनन् । थबाङवासीले फेरी आफ्ना र आफन्तलाई गुमाउनु परेको छैन । कहिले जंगलामा लुक्दै, भाग्दै गर्ने थबाङवासी युद्ध विरामभएयता आफ्नै जीवनमा फर्किएका छन् ।
युद्धपश्यातमा गाउँमा विकास पनि भएका छन् । नमुना शान्ति गाउँ, होमस्टे, गुरिल्ला ट्रेकिङ, सहिद मार्ग जस्ता विकासका कार्यक्रमले युद्ध छिया–छिया बनेको थबाङको विगत भन्दा मुहार फेरिएको बताउँछन्, थबाङ होम स्टे समितिका अध्यक्ष धपलाल पुन ।
‘युद्धले क्षतीमात्रै विकास पनि ल्याएको छ’ उनले भने, ‘जनताका जीवन स्तरनै बदल्ने परिवर्तन नआएपनि विगतको थबाङ हेरी अहिले केही विकास आएको भन्न सकिन्छ ।’
राज्यबाट जहिल्यै उपेक्षित थबाङमा शान्ति प्रक्रियापछि बाटो पुगेको छ । माओवादी नेतृत्वमा सुरु भएको सहिद मार्गले दाङ–रोल्पालाई जाडेको छ । त्यसअघि बाटो नपुगेको थबाङमा अहिले गाडीसम्म पुग्न थालेपछि सहता भएको पुनले बताए ।
यता, शान्ति नमुना गाउँ अन्तर्गत अहिले थबाङको ठूलो गाउँमा सडकमा ढुंगा बिछ्याइएका छन् । बस्तीका सडकमा विछ्याएका ढुंगाहरु हरेक घरसँग जोडिएका छन् । युद्धमा ज्यान गुमाएका सहिदको सम्झनमा शहिदको स्मारक र्पाक निर्माण भएको उनले बताए ।
यता, आन्तरिक र वाह्य पर्यटन भित्रयाउन गाउँमै १२ वटा होमस्टे सञ्चालन गरिएको अध्यक्ष पुनले बताए । ‘रोल्पा प्राकृतिक सम्पदाले सम्पन्न छ । नजिकै जलजला छ । पर्यटन प्रवद्धन गर्न थुप्रै सम्भावना छ’ उनी भन्छन्, ‘युद्ध अध्ययन क्षेत्रका रुपमा पनि विकास गर्न ठाउँहरु प्रश्स्त छ ।’
………..
विगत थबाङ आफैमा युद्धभूमिमा परीणत भएकाले युद्धबारे बुझ्न चाहने पर्यटकका लागि उचित गन्तव्य हो । विगतमा भएको माओवादी सशस्त्र द्वन्द्वका कथा सुन्न र युद्धका संरचना हेर्न थबाङ नपुगी सुखै छैन । यसअर्थमा मुलुकमा भएको १० वर्षे जनयुद्धको ऐना हो, थबाङ । मुलुकको मनोदशाको चित्रण हो। किनभने बाटोको बीच भेट भएका प्रत्येक व्यक्तिसँग जनयुद्धका आ–आफ्ना कथाहरू छन् ।