Ad Area

राजपायलको ‘खुशी हुनु तिमी’ सार्वजनिक


दाङ,१५ माघ। राजपायल रोका मगरको स्वर रहेको गीत ‘खुशी हुनु तिमी’ सार्वजनिक भएको छ। झग्गु भण्डारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा देव मगर,रचना रोका र तेज ओलीको मुख्य भूमिका रहेको छ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले म्युजिक भिडियो बनाउदा प्राविधिक केही कठिनाई भएतापनि भिडियो सुटिङका पलहरु रमाइला र यादगार रहेको बताए। साथै भण्डारीले दाङमा चलचित्र वा भिडियो छायांकनका लागि प्रयाप्त लोकेशन रहेको दावीसमेत गरे।

म्युजिक भिडियोमार्फत निर्देशकले समाजमा देखिने वा गरिने प्रेमी र प्रेमीकाबीचका सबै मायाप्रेम वास्तविक नहुन पनि सक्छन् अर्थात् मायामा पनि थुप्रै स्वार्थ लुकेका हुन्छन् भन्ने सन्देश दिन खोजेका छन्। दाङ जिल्लाका विभिन्न रमणीय ठाउँलाई निर्देशक भण्डारीले निकै आकर्षक ढङ्गले प्रस्तुत गरेका छन्।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपाने, चलचित्र निर्देशक तथा साहित्यकार डिल्ली बस्नेत ‘संगीत’ र म्युजिक भिडियो निर्देशक अमृतमान ओलीले सिमित श्रोत र साधनको बाबजुद पनि म्युजिक भिडियो राम्रो र आकर्षक बनेको भन्दै भिडियोका निर्देशक कलाकारसहित सिङ्गो टिमको प्रसंशा गरेका थिए।

विष्णु अधिकारीको संगीत रहेकोे गीतमा लक्ष्मण भन्तना ‘शिशिर’ को शब्द रहेको छ। विप्लव अधिकारीले सम्पादन गरेको भिडियोलाई राजपायल रोका मगर युट्युव च्यानल मार्फत रिलिज गरिएको छ।

Blog Post Ad

चलचित्र पत्रकार संघ दाङका सहसचिव निरला गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष के।सी।ले गरेका थिए।

Blog Post Ad Blog Post Ad