Ad Area

अवैध नेटवर्किङ कारोबारले घरबार बिग्रँदै


दाङ, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी कोइराला थर भएकी एक महिलाले घर परिवारको सल्लाह बेगर आफु खुशी ८ लाख अवैध नेटवकिर्mङमा लगाईन् । रकम लगाएको केही समयमै उक्त नेटवर्किङ कारोबार बन्द भयो । श्रीमानले विदेशबाट कमाएर पठाएको यति ठूला रकम छोटो समयमा मोटो रकम कमाउने प्रलोभनमा परेर उनले रकम गुमाएको परिवारले थाहा पाए । त्यो पैसा कहाँ कसले लगानी गर्न प्रेरित गर्यो भन्ने बारे खुलेर नभन्दा परिवारमा हल्लीखल्ली नै भयो । अन्ततः उनको र श्रीमान बीच सम्बन्ध विच्छेदको अवस्थामा घटना पुग्यो ।

घोराही १७ का अर्का महेश थापा ( नाम परिवर्तन) ले साथीको लहै–लहैमा लागेर इनफिनिटी ग्लोबल नाम गरेको एक नेटवर्किङ व्यापारधन्दामा तीन लाख रुपैयाँ लगानी गरे । आफूले लगानी गरेपछि आफ्ना अन्य दुईजना साथीहरुलाई पनि लगानी गर्न लगाए । आफ्नो लाइनमा रहने गरी एकजनाबाट चार लाख रुपैयाँ र अर्को साथीबाट दुई लाख रुपैयाँ लगानी गराए ।

थापाले यसरी लगानी गर्नु र अरुलाई पनि लगानी गर्न उत्प्रेरित गर्नुको पछाडि छिट्टै पैसा कमाउने र धनी बन्ने सपना नै थियो । दिनको दुई गुणा र रातको चौगुणाले कमाइ हुने प्रलोभनमा उनीहरुले यसरी लगानी गरेका थिए । तर, त्यो धेरै दिन टिकेन ।

लमही नगरपालिकाकी नमिता बोहरा (नाम परिवर्तन ) ले सोही नेटवर्किङ व्यापारमा पटक–पटक गरेर ५० लाख रुपैयाँ लगानी गरिन् । उनलाई एक बर्षमा लगानी दोब्बर हुने र अन्य नयाँ साथी जोडेमा कमिसन पाइने आश्वासन दिइएको थियो । नमितालाई यो अवैध कारोबार गर्न प्रेरित गर्नेहरुले धेरै पैसाका चेक देखाउने गरेको, महँगो–महँगो गाडी किन्न सकेको, आलिशान र ऐस आरामको जिन्दगी बिताउने गरेको  प्रलोभन देखाए । तुलसीपुरका मुकेश महरा (नाम परिवर्तन) ले पनि यसरी नै १५ लाख रुपैयाँ अवैध कारोबार गर्ने नाममा डुबाए । लगानी गरेको केही महिना राम्रै भएको बताएका उनले बिस्तारै रकम आउन छाडेको र बेपत्ता भएको बताए । यी पात्र त केवल प्रतिनिधि मात्रै हुन् । करोडौँ रुपैयाँ यसरी नै छोटो समयमा मोटो रकम कमाउने प्रलोभनमा परि डुबाउनेको संख्या अनगिन्ती छ । आफुले लगानी गरेको रकम अवैध क्षेत्रमा लगाएको हुँदा प्रहरीमा उजुरी गर्ने वा उक्त रकम सोधभर्ना गर्ने कोही पनि सार्वजनिक रुपमा देखिएनन् ।

अवैध नेटवर्किङमा हाइपर फन्ड, ग्लोबल, जोसियल, सीआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स, पोइन्ट र अहिले सर्वाधिक चर्चामा रहेको आईएनएस भिडियो पुस आदि छन् । यस्ता नेटवर्किङ धन्दाको विषयमा स्वदेशी तथा विदेशी व्यक्ति÷फर्म एवं कम्पनीहरु संलग्न छन् । यी अवैध कारोबारमा संलग्न प्राय छन् ।

नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायत भर्चुअल मुद्राको बारेमा चर्चा बढ्दै गइरहेको छ । अहिलेको डिजिटल संसारलाई डिजिटल पैसा नै आवश्यकता पर्नेमा कुनै दुविधा छैन् । डिजिटल मुद्रा र वस्तुहरू वित्तीय संसारको भविष्य हुन यसको अध्ययन र अनुसन्धान अझै हुँदै गइरहेको छ । अझैभन्दा कोभिड १९ को महामारीपछि अनलाइन प्रयोगकर्ताहरूको संख्यामा भएको ठूलो वृद्धिले भर्चुअल शब्दको अवधारणालाई सक्रिय बनाएको छ ।

Blog Post Ad

क्रिप्टोकरन्सीको भनेको पियर–टू–पीयर नेटवर्कमा आधारित इलेक्ट्रोनिक लेनदेनको लागि प्रणाली हो । तर, अहिले क्रिप्टोकरेन्सी अपराधहरु अहिले बढिरहेको छ । नक्कली वेबसाइटहरू बनाएर क्रिप्टो प्रस्तुत गर्ने लगानीको ठूलो फाईदाको लोभ देखाउने, लगानी रिटर्न ग्यारेन्टी आशा देखाउनेका बढेर गएको छ ।
सरकारले नेटवर्किङ व्यवसायलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर, नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम बढेको छ भने नयाँ नयाँ नेटवर्किङ व्यवसाय भित्रिरहेका छन् ।

अहिलेको चर्चामा रहेको आईएनएस भिडियो पुसमा लेवल सिक्समा पुग्नेहरुले दैनिक १ लाखसम्म कमाउने गरेको छन् । घोराही १७ कै एक व्यवसायीले २ करोड बढी रकम यस्तै, अवैध कारोबारमा लगाएको रहस्य खुलेको छ । उनले उक्त रकमबाट दैनिक लाखौँ रुपैयाँ प्रतिफल लिईरहेको बताइएको छ । घोराही १३ का एक युवाले आइएएनसए भिडियो पुसको लेवल सिक्समा पुगेर दैनिक ८० हजारदेखि एक लाअ कमाउने गरेको मोबाईल डाटा खोलेरै देखाए । उनको डाटाले दैनिक हजारौँ डलर खातामा आउने गरेको पुष्टि गरेको छ ।  उनी जस्तै अरु थुप्रै युवाहरुको दैनिकी अहिले नयाँ साथी बनाउने र लगानी थप्ने काम तीव्र रुपमा भईरहेको छ । हाईपर फन्डवालाहरुले अझ मोटो रकम लगाएका छन् । बैंकमा निक्षेपमा दाखिला गरेको रकम समेत निकालेर धमाधम यस्तै अवैध कारोबारमा लगाउनेको संख्या अनगिन्ती छ । बैंक तथा वित्तिय क्षेत्रमा व्यक्ति, प्रहरी प्रशासनकै केही पदीय जिम्मेवारीमा रहेका व्यक्ति, अधिकांश व्यापारी, शिक्षक, पत्रकार, कर्मचारीहरुको दिनचर्या यसैमा बित्ने गरेको छ । दैनिक रुपमा यसरी ठूलो रकम अवैध कारोबारमा लगानी भईरहँदा देशको अर्थतन्त्रमा समेत धक्का लाग्न थालेको बताइएको छ ।

दाङमा तीन पक्राउ, अरु अनुसन्धानको घेरामा

सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै अनलाईन नेटवर्किङमा आवद्ध गराउने गिरोहमाथि प्रहरीको निगरानी पछिल्लो समय बढ्दै गएको छ । पैसा कमाउन सकिने प्रलोभन देखाउँदै कारोबारमा ठगि गरेको अभियोगमा दाङ प्रहरीले पछिल्लो तीन दिनमा ३ जनालाई पक्राउ गरेको छ । पछिल्लो समय हाईपर, आईएनएस भिडियो पुस, ब्लक यरीया, साफिर लगायत नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका बेला जिल्लामा प्रहरीले घटना अनुसन्धानमा चासो लिएको छ ।

अधिकांश युवाहरु अहिले यही अवैध कारोबारमा संलग्न हुँदै गएका छन् । प्राय हरेक मोबाईल प्रयोगकर्ताले अहिले यस्तै कारोबारमा संलग्न गराउँदै आर्थिक लाभ लिन उद्धत भएका बेलामा आफुलाई ठगी गरेको अभियोगमा किटानी जाहेरी दिएपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । तीन दिनअघि घोराही क्षेत्रबाटै नियन्त्रणमा लिईएका ती युवाको बयानका आधारमा थप दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने सबै घोराही क्षेत्रकै युवाहरु हुन् ।

‘सामान्य उजुरी परेपछि घटना अनुसन्धान अघि बढाएका हौँ तर, यो जालो निकै भयानक देखा पर्दैछ । सबै कुरा अहिले खुलाई हाल्ने अवस्था पनि छैन । करोडौँ कारोबार भएको देखिन्छ । यस बारे वृहत रुपमा अनुसन्धान अिघ बढाएका छौँ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने ।

घटनाले अधिकांश व्यक्ति अहिले यस्तै कारोबारमा संलग्न भएको पाइएको छ । तर, आफु ठगिएको भनेर खुलेर नआई दिँदा प्रहरीलाई अनुसन्धानमा समस्या हुने गरेको उनले बताए । दाङ प्रहरीले अवैध नेटवर्किङ कारोबारमा संलग्न भएकाहरुलाई पक्राउ गरेकाले यो नेटवर्कको जालोमा संलग्न भएकाहरु पनि चाँडै धमाधन पक्राउ पर्ने सम्भावना बढेर गएको देखिएको छ । यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई सुधार गर्न सहयोग पुग्ने अर्थ क्षेत्रका जानकारहरु बताउँछन् । तर, प्रहरी अनुसन्धानले अवैध नेटवर्किङ कारोबारको जरैसम्म पुगेर निवारणको काम गर्नुपर्ने हुन्छ ।

यसैबीच, नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा पनि उत्तिकै सक्रियता बढेर गएको छ । हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ । ‘क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका अवैध कार्य भइरहेको भन्दै सरकारले यस विषयलाई नियमन गर्न आन्तरिक रुपमा पहलकदमी अघि बढाएको बुझिएको छ ।

Blog Post Ad Blog Post Ad