Ad Area

तुलसीपुरमा सरफ बनाउने तालिम


दाङ,२५ माघ । तुलसीपुर सीप सिकेर आत्मनिर्भर बन्ने उद्देश्यका साथ तुलसीपुरमा सरफ वनाउने तालिम सुरु भएको छ । सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नं. ६ को माध्यामिक विद्यालय सेन्टरमा सोमवारदेखि तालिम सुरु भएको हो ।

सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङका अध्यक्ष भीमवहादुर विश्वकर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यवहादुर डाँगीको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तालिमले सिप सिकेर आर्थिक रुपमा सक्षम बन्न सहयोग पुग्ने बताएका थिए ।

तालिम उदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाल राष्ट्रिय दलित समाजकल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, कार्यपालिका सदस्य शान्ता पुन, मा.वि.सेन्टरका प्रअ भागवत पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडैल, वडा सदस्य मानवहादुुर केसी, दलित महिला सदस्य टिकाकुमारी वि.क, प्रशिक्षक दिपा केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष रामवहादुर नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य किरण विश्वकर्माले गरेका थिए । तालिम अहिलेको कोभिड—१९ को महामारीलाई ख्याल गरि स्वास्थ्य मापदण्ड अपनाएर २० जनाको दरले छुट्टा छुट्टै राखेर तालिम दिन थालिएको सस्थाले जनाएको छ । तालिममा ४० जनाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकहरुमा विष्णु थापा र दिपा के.सी.रहेका छन् ।

Blog Post Ad Blog Post Ad