Ad Area

मुहानदेखि मुखसम्मै शुद्ध पिउने पानी : अध्यक्ष चौधरी


लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ४ हजार ५ सय ५ घरधुरीलाई खानेपानीको सुविधा पु¥याउँदै आएको छ । लमही नगरपालिका वडा नं. ३, ४, ५, ६ र ७ का वडावासीलाई खानेपानी पु¥याउँदै आएको संस्थाको भर्खरै सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा जंगबहादुर चौधरी निर्वाचित भएका छन् । संस्थाको दुई कार्यकाल कोषाध्यक्षका रुपमा काम गरिसकेका चौधरीले आफ्नो कार्यकालमा नगरका संस्थालाई नमूना खानेपानीका रुपमा अघि बढाउनेदेखि दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधानका लागि थप डिप बोरिङ खन्नेसम्मका योजना ल्याएका छन् । उनै अध्यक्ष जंगबहादुर चौधरीसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप…

लमही खानेपानीको वर्तमान अवस्था कस्तो छ ?

२०५४ सालमा स्थापना भएको संस्था हो । अहिले हामीले ४५ सय ९ बढी उपभोक्तालाई २४ घण्टा पानी पु¥याइरहेका छौं । जसका लागि देउपुरमा तीनवटा डिपबोरिङ रहेका छन् । त्यही तीनवटाबाट करिव ५ वटा वडाका उपभोक्ताहरुलाई वितरण गरिरहेका छौ । करिब २४ बर्षको अवधिमा धेरै काम भएका छन् तर लमहीको बढ्दो जनसंख्यासँगै खानेपानीको मागसमेत बढिरहेको छ । यो अवस्थामा उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय खानेपानी कसरी पु¥याउने भन्ने चुनौती पनि छ ।

त्यसका लागि करिब २ देखि ३ वटासम्म डिप बोरिङ थप्ने योजना छ । त्यसका लागि जग्गा खोजीको काम समेत भइरहेको छ । यो काम सम्पन्न गर्न सके लमही बजार क्षेत्रका उपभोक्तामा देखिएको पानीमा चुनाको मात्र समेत हटाउन सकिने छ । अहिलेको अवस्थामा उपभोक्ताको मागअनुसार हामीले नियमितरुपमा खानेपानी पु¥याउँदै आएका छौ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा तपाई निर्वाचित हुनुभएको छ, अब खानेपानी क्षेत्रको विकासका लागि कसरी अघि बढ्नुहुन्छ ?

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भर्खरै सकिएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएर आएको छु । तर निर्वाचित भए पनि अभैm बैठक बस्न पाएका छैनौँ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको विकासका लागि सुधार गर्न आवश्यक छ ।

Blog Post Ad

देउखुरी प्रादेशिक राजधानी तोकिएसँगै जनसंख्या बढ्ने अनुमान छ । यद्यपि अहिले पनि सहरीकरण बढिरहेको छ । यस हिसावले अहिलेको जनसंख्यालाई मात्र सोचेर होइन दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने छ । त्यसका लागि कार्यसमितिमा छलफल गर्र्ने, लमहीमा क्रियाशील राजनीतिक दल, सामाजिक संघसंस्था, स्थानीय सरकार, जनप्रतिनिधिलगायतका सम्पूर्णलाई समेटेर उपभोक्तालाई घरमै सुलभ दरमा स्वच्छ पानी पु¥याउने गरी सबैलाई समेटेर काम गर्नेछु ।

खानेपानी संस्थाको नेतृत्वमा आइसकेपछि केके योजना बनाउनुभएको छ ?

–पक्कै पनि कुनै संस्थाको नेतृत्वमा आउने भनेको केही गर्नका लागि हो । मैले पनि लमही खानेपानीलाई अहिलेको भन्दा माथि उठाउने र सम्पूर्ण जनताको घरमा पानी पु¥याउनका लागि केही गर्ने योजना बनाएको छु । त्यसका लागि लमहीमा पानीको मुहानको खोजी, संरक्षणदेखि खानेपानीका क्षेत्रमा देशभरमै उत्कृष्ट संस्थाका रुपमा रहेको संस्थाको गरिमालाई कायम राख्ने गरी काम गर्ने योजना छ । अहिले हामी लमहीमा तीनवटा डिपबोरिङबाट पानी वितरण गरिरहेका छौँ ।

तत्कालका लागि यो पर्याप्त रहे पनि दीर्घकालका लागि छैन । र, केही नयाँ बस्तीहरुमा समेत खानेपानीका धारा पु¥याउनुपर्ने भएकाले थप दुईवटा डिपबोरिड खन्ने योजना छ । त्यसका लागि १ करोड ५४ लाख रुपैयाँ संस्थाले आन्तरिक स्रोतबाट बजेट छुट्याइसकेको छ । त्यसका लागि नारायणपुर, वनगाउँ र चैलाहीमा जग्गा खोज्ने काम भइरहेको छ । वडा कार्यालयलाई भनेका छौँ । वडाले ऐलानी जग्गा उपलव्ध गराए राम्रो भैहाल्यो । नभए संघसंस्थालाई पनि भन्ने छौ । कतैबाट नभए जग्गा किनेर भए पनि खानेपानीका लागि डिपबोरिङ खन्ने योजना छ ।

त्यसका लागि लुम्बिनी प्रदेश सरकार, संघीय सरकारको सहरी विकास तथा खानेपानी मन्त्रीसँग समेत कुरा भएको छ । लमहीको बढ्दो जनसंख्याका कारण यी योजनाहरु मात्र पर्याप्त छैनन् । त्यसका लागि थप दुईवटा डिप बोरिड थप्ने योजनामा छौँ । त्यसका लागि जग्गा खोजीको काम भइरहेको छ । जग्गा प्राप्त हुनासाथ डिप बोरिड निर्माणको कामलाई अघि बढाउनेछौं । जसले गर्दा हाम्रा सेवाग्राहीहरुले २४सै घण्टा पानी पाइराख्न सकून् ।

यी योजना पूरा गर्नका लागि कठिनाई पनि त होलान् ?

–हामीलाई अहिले सबैभन्दा ठूलो समस्या भनेकै जग्गा प्राप्तिको समस्या हो । नयाँ डिप बोरिड खन्नका लागि जग्गा प्राप्त हुन सकेको छैन । जग्गा खोजीको काम भइरहेको छ । मैले अघि पनि भनिसकेको छु, त्यसका लागि ऐलानी जग्गा वडासँग माग गर्ने बिचार गरेका छाँै । अन्य संघसंस्था वा व्यक्तिले दिए पनि राम्रो हुनेछ । नत्र सूचना प्रकाशित गरी नारायणपुर, बनगाउँ र चैलाहीमा जग्गा किन्ने छौँ । जग्गा प्राप्त भए स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारलाई खानेपानीका लागि सहयोग गरिदिन आग्रह गर्नेछौ ।

एडिबीको पनि सहयोग छ । एडिबीको मापदण्डअनुसार देशभरकै साना सहरी खानेपानी आयोजनाअन्तर्गत उत्कृष्ट रहँदै आएको छ । थप हामीलाई बढ्दो सहरीकरणसँगै पानीको मुहान संरक्षण गर्नुपर्ने चुनौती छ । त्यसका लागि उपभोक्तालाई सचेतनासँगै सिमसार क्षेत्रको संरक्षणका लागि समेत संस्थाले पहल गर्नेछ ।

लमहीको खानेपानीको कार्यक्षेत्र सहरसँगै ग्रामीण क्षेत्र पनि छ । सबै क्षेत्रमा सहजरुपमा खानेपानी पुगेको छ ?

हो, लमही खानेपानीको कार्यक्षेत्र सहरसँगै धेरै ग्रामीण क्षेत्र पनि छ । वडा नं. ५ बाहेक अधिकांश अन्य वडाहरु ग्रामीण क्षेत्र धेरै छन् । त्यी क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरुलाई खानेपानी पु¥याउनुपर्नेछ । नेपाल सरकारले खानेपानीलाई मौलिक हकका रुपमा राखेको छ । यो अवस्थामा कोही पनि नागरिक खानेपानीबाट बञ्चित हुनुहुँदैन ।

तर खानेपानीको क्षेत्र बृहत बन्दै गएकाले सबै उपभोक्ताहरुलाई खानेपानी पु¥याउनका लागि सहज पनि छैन । लमही नगरपालिकाका करिब ५ बढी वडाहरुमा खानेपानी पु¥याउनुपर्ने बाध्यता छ । त्यसैमा बढ्दो जनसंख्याका कारण कसरी पानी व्यवस्थापन गर्ने भन्ने समस्या छ । त्यही समस्याहरुलाई व्यवस्था गरेर कार्यक्षेत्रभित्र रहेका उपभोक्ता सर्वसुलभरुपमा पु¥याउने योजना बनाएका छौं । ग्रामीण र सहरी क्षेत्र भनेर छुट्याउनेभन्दा पनि सबै क्षेत्रमा सहज रुपमा खानेपानी पु¥याइरहेका छौँ ।

सबै नागरिक घरमै स्वच्छ र गुणस्तरीय खानेपानी पिउनका लागि कसरी काम गर्नुहुन्छ ?

–नेपाल सरकारले नै एक घर एक खानेपानीको धारा पु¥याउने लक्ष्य लिएको छ । खानेपानीलाई मौलिक हकमा राखेको छ । हामी पनि सर्वसुलभ र गुणस्तरीय खानेपानीका नागरिकले पाउनुपर्छ भन्ने मान्यता राख्छौ । त्यही अनुसार सबै नागरिकले गुणस्तरीय र चुनारहित पानी उपभोक्तासम्म पु¥याइरहेका छौँ ।

लमही क्षेत्रमा कतिपय निम्न वर्गका विभिन्न नागरिकहरु पनि हुनुहुन्छ । त्यस्ता उपभोक्ताहरुको घरसम्म पानी पुराउनका लागि २० लाख रुपैयाँ खानेपानी संस्थामा अक्षयकोष स्थापना गरेका छौँ । त्यही अक्षकोषबाट आएको व्याज रकमबाट असहाय, अशक्त, दुःखी, गरिव, विपन्न नागरिकहरुको घरसम्म शुद्ध खानेपानी पुराउने उद्देश्य रहेको छ । हामीले उपभोक्ताको धारासम्म पु¥याउनुअघि खानेपानीको परिक्षणसमेत हुन्छ ।

पानी पिउनयोग्य, स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले नै पानी वितरण गर्ने गरेका छौँ । उपभोक्ताहरुको घरसम्म २४सै घण्टा पानी पु¥याउने गर्दै आएकाले लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नमूना खानेपानी संस्थाका रुपमा लिने गरेको छ ।

सडक र खानेपानीबीच तालमेल नहुँदा खानेपानीका पाइप काटिने उपभोक्ताहरुले खानेपानी समस्या देखिने गरेको छ । यो अवस्था हटाउन के गर्नुपर्ला ?

–पक्कै पनि यो समस्या सबै ठाउँमा देखिएको छ । स्थानीय सरकार आइसकेपछि सडक बिस्तारका क्रममा धेरै उपभोक्ताहरुले खानेपानी पिउनका लागि दुःख पाउनुभएको छ । पहिले सानो सडकका रुपमा रहेका सडकहरु विस्तार गर्ने क्रममा पानीका पाइपहरु क्षतविक्षत अवस्थामा पुगेका हुन्छन् ।

जसले गर्दा उपभोक्ताको घरसम्म पानी पुग्न सक्दैन । सडक निर्माणका क्रममा बिग्रिएका ती पाइप निर्माण गर्दा सम्बन्धित कार्यालयले पैसा दिँदैन र उपभोक्ताको पैसा खर्च हुने गरेको छ । यो लमहीका धेरै ठाउँमा देखिएको समस्या हो । यी समस्याहरु समाधानका लागि सम्बन्धित निकायलाई समेत भनिरहेका छौ । हाम्रो कार्यक्षेत्रका कतिपय ठाउँमा अहिले पनि यो समस्या देखिने गरेका छन् । यस्ता समस्या समाधानका लागि आगामी दिनहरुमा समन्वय गरेर अघि बढ्ने योजनामा छौँ ।

Blog Post Ad Blog Post Ad