जनता प्रगतिशील पार्टीको महासचिवमा मिश्रा चयन
अजय मिश्रा
कपिलवस्तु,२९ माघ । जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन भएका छन् । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा मिश्रा चयन भएका हुन ।
२०७८ मंसिर २८ गते घोषणा गरिएको पाटी अहिले संगठन निर्माणका क्रममा रहेको छ । जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा पार्टी दर्ता गराइएको छ ।
जसको अध्यक्षमा हृदयेश त्रिपाठी, बरिष्ठ उपाध्यक्षमा डा शिव जी यादव, उपाध्यक्षमा हर्कलाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरतकुमार थापालगायत रहेका छन् ।