सामी परियोजनाको सेवाबाट आत्मविश्वास बढाउँदै नयाँ जीवन थालनी गर्नेहरु बढ्दै

घोराही, फागुन । वैदेशिक रोजगारको सिलसिलामा गएको साउन १९ गते मलेसियामा घोराही १४ सुन्दरनगर टोलका आकाश बिकको २२ वर्षको उमेरमा मृत्यु भयो । उनी मलेसिया गएको मंसीरमा ४ वर्ष पुग्दै थियो । कोभिडका कारण असामयिक मृत्युको मुखमा पुगेका बिकको शव नेपाल ल्याउन सकिएन ।
छोराको मृत्युको खबर सुनेपछि बुवा रुपलाल बिकलाई छटपटी हुनु स्वाभाविक थियो । यो बीचमा उनलाई छोरा विदेश जाँदा अपनाएको प्रकृया केही थाहा थिएन । संयोगवश एकदिन उनी घोराहीस्थित सुरक्षित आप्रवासन परियोजना सामी को सम्पर्कमा पुगे । आफ्नो छोराको घटनाबारे परियोजनालाई जानकारी गराए । त्यसपछि शुरुभयो, छोराको मृत्यु पश्चात वैदेशिक रोजगार बाेर्ड र बिमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्तिको प्रकृया । सामीले ती सबै कागजी प्रकृया पूरा गरिदिएर घटना भएको झण्डै दुई महिनामा क्षति पूर्ति दिलायो । उनई बिमा वापतको १३ लाख र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट ७ लाख गरी २० लाख क्षतिपूर्ति प्राप्त भयो ।
घोराही १६ सर्राकी चम्फा चौधरीले आफ्नो श्रीमान बेलबहादुर चौधरीलाई एक जना चिनेजानेका दलालमार्फत साउदी अरेयिबा पठाउँदै थिईन्। चिनजानका आधारमा केही नबुझी उनले ती एजेन्टलाई पैसा थमाईन् । तर, लामो समयसम्म श्रीमान विदेश जाने दिन जुरेन । विभिन्न बहानाबाजी चलिरह्यो । एजेन्टले विभिन्न कुरा गर्दै आलटाल गरेपछि चम्फा पनि सामीको सम्पर्कमा पुगिन् । त्यसपछि खोजतलास गर्दै जाँदा अन्ततः गत पुस १७ गतेमात्रै श्रीमानलाई कानूनी रुपमा वैदेशिक रोजगार विभागमार्फत साउदी पठाउन सफल भईन् । ‘शुरुमा दलेले के के भन्दै मिटि टार्दै लग्यो शंका लागेपपिछ सामीको सम्पर्कमा आएँ, अनि यहाँका मेडमहरुले सबै काम बनाई दिनुभयो,’ चम्फाले भनिन् ।
घोराही १७ का निमु सुनारको २०७७ कार्तिक २४ गते कतारमा मृत्यु भयो । अचानकको मृत्युुपछि सुनारकी श्रीमती प्रिया बिक बिच्छिप्त भईन् ।घरको सहारा नै परलोक भएपछि उनको होस हवास सबै गुम्यो । उनमा मानसिक समस्या देखा परपछि अनेकन कष्ट सहनुपर्यो । मानसिक अवस्था समेत असन्तुलन हुने क्षणमा पुगेका बेला सामी परियोजनासँग उनको भेट भयो ।
सामीकी मनोपरामर्शकर्ता सुशीला आचार्यले नियमित रुपमा प्रियाको मनोबल बढाउने र नयाँ जीवन दिने प्रयास गरिन् । त्यसपछि प्रियाको जीवनमा आशा पलायो । ‘निरन्तरको मनोपरामर्श सेवा दिँदै गएपछि उनको मानसिक र शारीरिक स्वास्थ्यमा क्रमशः सुधार हुँदै गयो,’ घोराहीकी परियोजना कार्यक्रम संयोजक बसन्ती पुनले भनिन्, ‘शुरुवाती चरणमा उहाँको अवस्था अत्यन्तै भयावह नै थियो ।’ प्रियाको बारेमा जानकारी पाएपछि निरन्तर मनोपरामर्श र श्रीमानको मृत्यु पश्चात पाउनुपर्ने क्षतिपूर्ति र छोराको छात्रवृत्तिका लागि पहल गरेको पुनले बताईन् ।
‘जब मेरो श्रीमानको अवस्था बारे जानकारी पाएँ त्यसपछि त मेरो होस थिएन । तेलले हात धुने, बरालिने, एकोहोरो हुने भएको थिएँ,’ प्रियाले भनिन्, ‘खाना पकाउने होस पनि थिएन । सबै बर्बाद भएको थियो ।’ तर, अहिले प्रियाको जीवन फेरिँदै गएको छ । उनका लागि नयाँ जीवन शुरु भएको छ । आत्मविश्वास बढेको छ । ज्याला मजदुरी गरेर भएपनि दैनिकी व्यस्त बनाउन थालेकी छिन् । ‘सबैसँग घुलमिल हुुने बोल्ने गर्दा मन एकोहोरो हुन पाएको छैन, मनका पीर व्यथा पनि भुल्ने वातावरण बनेको छ । मनोपरामर्शले मलाई पूरै आत्म विश्वास जगाएको छ,’ प्रियाले भनिन्।
परियोजनाले उनको श्रीमानको मृत्युपश्चात पाउनुपर्ने क्षतिपूर्तिको पहल पनि गर्यो । उहाँले २१ लाख रुपैयाँ पाउन सफल भईन् । त्यही पैसाले सानो घर बन्यो, ८ वर्षका छोराको पठनपाठनका लागि छात्रवृत्तिको सिफारिस पनि विभागमा गरिएको छ । सामी परियोजनाले अहिले वैदेशिक राजगारीमा जाने र गएकाहरुको सुखदुखमा साथ दिँदै आएको छ । अहिले पनि अवैध बाटो अपनाउँदै विदेश जानेहरुले दुख पाइरहेकाले सकेसम्म आधिकारीक र प्रकृया पुर्याएर मात्रै वैदेशिक रोजगारीमा जान तथा सीप सिकेर जान सामीले प्रेरित गर्दै आएको छ ।
अहिले पनि जिल्लाको पालिकाहरुका वडास्तरमा पुगेर विदेशबाट फर्किएका, विदेश जान चाहेका वा यर्ही केही गर्छु भन्नेहरुका लागि निशुल्क सीप सिकाउने, वैदेशिक रोजगारबाट आएको रकमलाई सही सदुपयोग गर्न उद्यमशीलता सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको परियोजनाकी कार्यक्रम संयोजक पुनले बताईन् ।
हरेक नागरिक विदेश भन्दा स्वदेशमा नै आर्थिक गतिविधिसँग जोडिँदै उत्पादनमुलक क्षेत्रमा लाग्न परियोजनामार्फत प्रेरित गरिँदै आएको सामी परियोजना व्यवस्थापन समिति अध्यक्ष समेत रहेका घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीले बताए। वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र सीपयुक्त जनशक्ति उत्पादनसँगै वित्तिय व्यवस्थापनमा नागरिकलाई सहभागी बनाउनु नै परियोजनाको लक्ष्य रहेको घोराही उपमहानगरपालिका नगरप्रमुख चौधरीले बताए । परियोजनाका माध्यमबाट वैदेशिक रोजगारको यात्रा सुरक्षित बनाउन तथा उनीहरुको परिवारमा वित्तिय साक्षरता प्रदान गर्दै आत्मनिर्भर बनाउन थालिएपछि धेरै जनाले यसबाट लाभ उठाउन सफल भएका छन् ।
यद्यपि, यो अभियान दीगो र थप व्यवस्थित बनाउन आगामी दिनमा स्थानीय सरकारलाई थप अधिकारसहित कार्य सम्पादन गर्ने वातावरण मिलाउन बजेटको दायरा बढाउन र ग्रामीण स्रतमा यसको सेवा पहुँच पुर्याउन आवश्यक देखिएको छ । अहिले पनि बस्ती स्तरमा विदेश जाने र घरबाट पठाउनेहरुले पनि यसको ज्ञानका बारेमा जानकार नहुँदा विभिन्न खालका समस्या भोग्दै आएकाले कम समस्या बनाउन सामीले निरन्तर रुपमा वडास्तरमै पुगेर वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण र सचेतनाका कार्यक्रम गर्दै आएको परियोजनाकी सहजकर्ता रीता लामाले बताईन्।
जिल्लाको घोराही, तुलसीपुर, लमही र बबई गाउँपालिकामा अहिले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सामी परियोजनाले काम गर्दै आएको छ । परियोजनाले सूचना तथा परामर्श, सीप तालिम, न्यायमा सहजीकरण, वित्तिय व्यवस्थापन र मनोसामाजिक परामर्शको काम गर्दै आएको छ । यसबाट नागरिकले लाभ उठाउँदै गएको र परियोजना प्रति नागरिकको विश्वास पनि बढ्दै गएको छ ।
सामीले जिल्लामा स्थापना गरेको सुचना तथा परामर्श केन्द्रबाट चालु आर्थिक वर्षको ६ महिनामा करिव ४ हजार बढीले सुचना सेवा लिन सफल भएका छन् । विदेशमा समस्या परेका, मृत्युभएका, अलपत्र परेका, विरामी परेका, ठगीमा परेकाहरुको उजुरीको आधारमा परियोजनाले सेवा र परामर्शको काम गरिरहेको छ ।