Ad Area

तेह्र हजार बढी विद्यार्थीले एसईई दिदै


घोराही, १५ फागुुन । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ १२ हजार ७ सय ८ जना, प्राविधिक धारको नियमित समूहतर्फ ३ सय ५० जना र ग्रेड वृद्धि तर्फ ९३ जना गरी कुल १३ हजार १ सय ५१ जना विद्यार्थी यस पटकको एसईईमा सहभागी हुने गरी परीक्षा फाराम भरेका छन् ।
समन्वय इकाई प्रमुख मित्रप्रसाद गौतमले नियमित तर्फ छ हजार २० जना छात्र र छ हजार छ सय ८८ जना छात्रा परीक्षामा सामेल हुन लागेको जानकारी दिए ।

जिल्लाभरका कुुल दुई सय २५ विद्यालयबाट सहभागी हुने विद्यालय अन्तर्गत संस्थागत विद्यालयका चार हजार छ सय ९० मध्य दुई हजार एक सय ८२ छात्र र दुई हजार पाँच सय आठ छात्रा रहेका छन् ।

यस्तै, सामुदायिक विद्यालयका आठ हजार १८ विद्यार्थी मध्य चार हजार पाँच सय छ छात्र र तीन हजार पाँच सय १२ छात्रा परीक्षामा सामेल हुुँदैछन् । आगामी बैशाख ९ गतेबाट हुने परीक्षाका लागि जिल्लाभर ४५ वटा परीक्षा केन्द्र पनि निर्धारण भईसकेको समन्वय इकाईकी प्रांविधिक सहायक प्रमिला शर्माले बताइन् ।
विगत वर्ष जस्तै परीक्षा केन्द्र र संख्या यथावत रहेको बताइन् । ‘परीक्षाको आन्तरिक तयारी र व्यवस्थापनको काम तीव्र गतिमा भईरहेको छ, अब केन्द्रबाट प्रश्न पत्र र उत्तर पुस्तिका आएपछि सम्बन्धित परीक्षा केन्द्रमा आवश्यकताका आधारमा पठाउँछौँ,’ उनले भनिन्‘कुनै खालको अवरोध र जटिल समस्या नभए यो पटक भौतिक उपस्थितीमै परीक्षा हुने देखिएको छ ।’

वितेका दुुई वर्ष कोरोना महामारीका कारण एसईई परीक्षा नगरी विद्यालयको आन्तरिक मुल्यांकनका आधारमा नतिजा पं्रकाशन गरिएको थियो । गत वर्ष जिल्लाबाट १२ हजार १ सय ५४ जनाले परीक्षा आवेदन फाराम भरेका थिए । अहिले जिल्लाभरबाट परीक्षा फारामको विवरण अध्यावधिक गर्ने, तोकिएका परीक्षा केन्द्रको अवस्थाका बारेमा जानकारी लिने लगायत काम गरिरहेको बताइएको छ । यस्तै, प्रवेश पत्र छुट्याउने काम बाँकी रहेकाले अब केही दिनमै यो काम पनि सम्पन्न गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाईने भएको समन्वय इकाइ प्रंमुुख गौतमले बताए ।

कोरोना महामारीका कारण यो पटक पनि ढिलो गरी कक्षा संचालन गरिएकाले समयमै पाठ्यक्रमको पाठ्यभार नसकिने चुनौति रहेका बेलामा अहिले विद्यालयहरुले अतिरिक्त कक्षा संचालन गरेर भएपनि पढाइरहेका छन् । केही दिन अघि गरिएको विद्यालय अनुुगमनका क्रममा जिल्लाका प्राय विद्यालयले ६० प्रतिशत भन्दा बढी कोर्श सकिसकेकाले बाँकी रहेको समयमा पाठ्यभार अनुुसार पढाएर परीक्षामा सामेल गराउन अपेक्षा गरिएको छ ।

‘पठनपाठनको अवस्था र विद्यार्थीको मनो विज्ञान बुुझ्न मसहितको टोली स्थलगत रुपमा अनुुगमनमा गएका थियौँ, विद्यार्थीहरु परीक्षाका लागि उत्साहित छन्, परीक्षाका लागि आफुहरु तयार रहेको उनीहरुको भनाई थियो,’ प्रमुुख गौतमले भने । बितेका दुुई वर्ष कोरोना महामारीका कारण परीक्षा तालिका निर्धारण गरेर पनि अन्तिम समयमा सरकारले परीक्षा स्थगित गरेको थियो । जसका कारण परीक्षार्थीले विद्यालयले पठाएको आन्तरिक मुल्यांकनका आधारमा ग्रेडिङ नम्बर पाएका थिए । मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाए पनि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ ।

Blog Post Ad

एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भएपनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन सकेको छैन । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ । जसले गर्दा स्थानीय सरकारहरुले बारम्बार यस विषयमा असन्तुष्टि पोख्दै आएका छन् ।

 

Blog Post Ad Blog Post Ad