Ad Area

‘युवाहरुमा कुशल नेतृत्वको अनुभुति जेसीजले दिनुपर्छ’


दाङ,१५ फागुन । त्रिभुवननगर जेसीजको आयोजनामा पर्यटकीयस्थल बाह्रकुने दहमा फेलोसिप कार्यक्रम भएको छ । नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमले युवाहरुको नेतृत्व र क्षमता विकासमा सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष भण्डारीले युवाहरुको नेतृत्व विकासमा जेसीज सदैव क्रियाशील रहने बताए । उनले जेसीजसँग आबद्ध युवाहरु समाजमा फरक देखिनुपर्ने धारणा राखे । ‘युवाहरुको नेतृत्व र क्षमता विकासलगायतका लागि जेसीज सदैव क्रियाशिल छ । त्यसका लागि युवाहरु अग्रसर हुनुपर्छ’,अध्यक्ष भण्डारीले भने,‘जसले गर्दा कुशल नेतृत्व कस्तो हुन्छ भन्ने कुराको अनुभूति जेसीजले दिन सक्नुपर्छ ।’ उनले युवाहरुको कुशल नेतृत्व गर्नका लागि जेसीजले नेतृत्व गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जेसीजले कुशल नेतृत्व उत्पादन गरी समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए । नेतृत्व र व्यक्तित्व विकासका लागि जेसीज अझ बढी क्रियाशील हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा तुलसीपुरनगर जेसीज, दाङ महिला जेसीज र लमही जेसीजको सहभागिता रहेको थियो । उक्त अवसरमा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष ओविन्द्रबहादुर महरा, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष विन्दु गिरी, लमही जेसीजका पूर्व अध्यक्ष शिवशंकर गुप्ता, तुलसीपुरनगर जेसीजका अध्यक्ष केशवराज केसी, लमही जेसीजका सुन्दर केसी, दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीलगायतले बोलेका थिए ।

त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक अमर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यकारिणी उपाध्यक्ष महेश गुप्ताले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव कुलबहादुर वलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad