Ad Area

खानेपानीको पाँच युनिट सम्मको महशुल निशुल्क


रुकुम, १८ फागुन । रुकुम पश्चिमको चौरजहारीवासीले खानेपानीको ५ युनिटसम्मको महशुल शुल्क तिर्नु नपर्ने भएको छ । पालिकाभित्रका उपभोक्तालाई शुल्क मिनाहा गरिएको हो । नगरपालिकाले विजयश्वरी–चौरजहारी सुक्खा खानेपानी आयोजनामार्फत वितरित पानीमा ५ युनिटसम्मको शुल्क तिरिदिने व्यवस्था मिलाएको जनाएको छ ।

यसअघि उपभोक्ता आफैंले आयोजनालाई तिर्दै आएको महशुल एकमुष्ट भुक्तानी गर्ने गरी नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । जसका लागि नगरपालिका र विजयश्वरी–चौरजहारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भइसकेको छ ।

संस्थाका अध्यक्ष तेजबहादुर बटालाले विद्युत् महसुलमा उपभोक्तालाई छुट दिइएको बताए । महसुलको विषयमा नगरपालिकासंग सम्झौता भइसकेको र अब उपभोक्ताबाट शुल्क बापतको रकम नउठाइने उनले बताए ।

 

Blog Post Ad Blog Post Ad