प्रदर्शनी तयारी स्वरुप उपसमिति बिस्तार

दाङ, १८ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उपसमिति विस्तार तथा छलफल लाइ तिव्रता दिएको छ । प्रदर्शनीको प्रचार प्रसार तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तिब्रता दिएको प्रदर्शनी मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । अहिले सबै उप समितिहरुले आफनो कामलाइ तिव्रता दिएको उनले बताए ।
उप समिति विस्तार अन्तर्रगत प्रचार–प्रसार उप समिति गठन गरिएको छ । प्रचार प्रसार उप समितिका संयोजक एक नारायण पौडेलको अध्यक्षतामा भएको बैठकले समिति विस्तार गरेको हो । समितिको सह संयोजक नेपाल पत्रकार महासंघ दाङका सचिव आर के शितल रहेका छन् । समितिका सदस्यहरुमा गोविन्द्र खड्का, छवि पुरी, लिलाधर वली, पाण्डवप्रसाद शर्मा, दिपक जिएम, आभाष वुढाथोकी, चन्द्रप्रकास नेपाली, विमला घर्ति, नारायण नेपाल, पहलमान घर्ति, पिताम्वर रिजाल, खड्ग शर्मा, देव यादव, प्रकास चौधरी, उदय वि सी, जनक नेपाली, गिरीराज नेपाली, हेमराज नेपाली, सुशिला वली, दिपक वली, हिमाल महरा, जंग रेउले, रोम थापा, भावना सुवेदी, बर्षा मगर, देवका परियार रहेका छन् ।
यसै गरेर शोभा यात्रा समिति विस्तार गरिएको छ । शोभा यात्रा उप समितिका संयोजक नरेशकुमार श्रेष्ठको संयोजक रहेको समितिको सह संयोजक धनपती शर्मा रहेका छन् । समितिका अन्य सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, पद्यमप्रसाद सुवेदी, दिपेन्द्र पुन, गोविन्द्र खडका्, विष्णु सुवेदी रहेका छन् । भने समितिलाई पछि थप गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
संघको आयोजनामा“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।