Ad Area

नागरिक समाज दाङको सचिवमा श्रेष्ठ


दाङ,२४ फागुन । नागरिक समाज दाङले देशको राष्ट्रियता र स्वाधिनतामा प्रश्न उठ्ने गरी सरकारले हालै पास गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे नागरिक आवाजको सम्बोधन गर्न माग गरेको छ ।

समाजको मंगलवार घोराहीमा बसेको बैठकले एमसीसी बारे नागरिक आजाव केन्द्रसम्म नपुुगेको ठहर गर्दै राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र अखण्डतालाई कायम गर्दै मुुलुुकको असंलग्न नीति अनुकुुल पञ्चशीलको सिद्धान्त अनुुसार जनताको आवाज बुलन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजका अध्यक्ष केबी मसालको अध्यक्षतामा बसेको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा नागरिक समाजलाई पर्यवेक्षकको भूमिका निर्वाहका लागि सम्बन्धित निकायलाई समन्वय गर्न माग गरेको छ । समाजका सदस्य भुपेन्द्र सुवेदी अस्वस्थ रहेकाले उहाँको शीघ्र स्वास्थ्य लाभको काम पनि बैठकले गरेको छ ।

बैठकले समाजको एक वर्षदेखि रिक्त रहेको सचिव र सदस्य पदमा पनि पदाधिकारी चयन गरिएको छ । जस अनुसार सचिवमा नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा पद्मप्रसाद शर्मा, बसन्तराज भट्ट र केशव अधिकारी चयन भएका छन् । बैठकमा उपसंयोजक नीमबहादुर थापा, कोषाध्यक्ष हरिलाल विश्वकर्मा, सदस्यहरु हरिप्रसाद पाण्डेय, नवराज श्रेष्ठ, श्रीमन न्यौपाने, चन्द्रबहादुर विश्वकर्मा, पद्मप्रसाद शर्मालगायत उपस्थिति रहेको थियो ।

Blog Post Ad Blog Post Ad