Ad Area

घोराहीमा प्रदर्शनी तयारी पुरा, आज उद्घाटन


दाङ, २६ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को सम्पुर्ण तयारी पुरा भएको छ । प्रदर्शनीको उद्घाटन लुम्विनी प्रदेशका प्रमुख अमिक सेरचनले गर्ने भएका हुन । साथमा लुम्विनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्काको पनि सहभागिता सहने आयोजकले बताएको छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।

स्थानिय उत्पादनको बजारी करण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पु¥याउने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय वजारमा यहाको उत्पादित वस्तु पहिचान गराउने र स्थानिय भाषा, साहित्य कला, परम्परागत सिप, धार्मिक क्षेत्र एवम संस्कृतिको परिचय गराउदै संरक्षण एवम सम्वद्र्धन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए ।

यस क्षेत्रमा थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, दाङ जिल्लाको आर्थिक विकास पुर्वाधार विकास सक्रियता वढाउने , योजना निर्माणमा सहयोग पु¥याउने, स्थानिय उत्पादनलाई प्राथमिक्ता दिइ राष्ट्रिय अर्थ तन्त्रलाई टेवा पु¥याउनु पर्दछ भन्ने सन्देश प्रभाव गर्ने, दाङलाइ आगामी दिनमा औद्योगिक गन्तव्य स्थल वनाइ लगानी मैत्री वातावरण निर्माणको सन्र्दभमा सरोकारवालाहरुको ध्यानाकषर्ण गराउने उनले बताए ।

प्रदर्शनका प्रवेसका लागि साधारण टिकट ६० रुपैया, विद्यार्थीहरुलाई ४० रुपैया तोकिएको छ । भने जेष्ठ नागरिक ७० वर्ष मार्थीमा नागरिकलाइ परिचय पत्रको आधारमा नि शुल्क प्रवेस दिइने भएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad