Ad Area

नारायणपुर खानेपानी निर्वाचन : गठबन्धनको प्यानल विजयी


दाङ,२९ फागुन । नारायणपुर खानेपानी तथा उपभोक्ता समितिको निर्वाचनबाट गठबन्धनको प्यानल विजयी भएको छ । महासचिवमा गठबन्धनका अशोक शर्माले ९६७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त श्रेष्ठले ६०२ मत लिएका छन् ।

सचिवमा गठबन्धनका सन्तोष केसीले ९१६ मत लिएका छन् भने अर्का प्रतिस्पर्धी एमालेका टिकादत्त खनाल (सागर) ले ५८३ मत प्राप्त गरेका छन् ।

सदस्यमा गठबन्धन
लक्ष्मी आचार्य ११३९ (विजयी)
गहनी चौधरी १०९३ (विजयी)
लोकराज न्यौपाने (गोपाल) ११२३ (विजयी)
समीर केसी १०९० (विजयी)
भीमबहादुर रावत (राजु) ११८५ (विजयी)
सुन्दर बस्नेत १२०५ (विजयी)
बीरेन्द्र प्रसाद शर्मा ९७१ (विजयी)
बसन्त न्यौपाने १०४७ (विजयी)

सदस्य नेकपा एमाले सदस्य

गोपाल श्रेष्ठ ६६८

कमल वली ७००

Blog Post Ad

लक्ष्मी आचार्य ५७५

ओमबहादुर खत्री ६३५

तिलक भण्डारी ७८२

महासचिव, सचिव र ८ सदस्य पदका लागि आज शनिबार निर्वाचन भएको हो । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द र नेकपा एकीकृत समाजवादीले गठबन्धन प्यानल तयार पारेका थिए भने अर्को प्यानल नेकपा एमालेको रहेको थियो ।

कूल २८४४ मतदाता रहेकोमा १९५३ मत खसेको निर्वाचन अधिकृत कुमारराज श्रेष्ठले जानकारी दिए । यसअघि नै अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्विरोध चयन भइसकेका थिए । अध्यक्षमा कुलप्रसाद रजौरे श्रवण, उपाध्यक्षमा रेशमबहादुर बस्नेत र कोषाध्यक्षमा महेश लम्साल निर्विरोध चयन भइसकेका छन् ।

Blog Post Ad Blog Post Ad