Ad Area

ग्रेटबुद्धमा फुड फेस्टिबल


दाङ, २ चैत्र । दाङको नारायणपुरस्थित ग्रेटबुद्ध एकेडेमीका विद्यार्थीहरूले फुड फेस्टिबल कार्यक्रम गरेका छन् ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले पेसा व्यवसाय तथा प्रविधि शिक्षा अन्तर्गत प्रयोगात्मक कार्यक्रमका लागि विभिन्न परिकारहरू तयार गरेका थिए । फेस्टिबलमा सेल, पुरी, तरकारी, बर्गर, पानी पुरी, भेज स्प्रिङ रोल, चटपटे, खिरलगायतका सामग्री तयार गरिएको थियो ।

फेस्टिबलमा तयार गरिएका सामग्री विद्यार्थीहरूले बिक्री गरेका थिए । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई बिक्री गरिएको थियो । फेस्टिबलमा १० हजार बराबरको कारोबार भएको प्रिन्सिपल निर्मल न्यौपानेले जानकारी दिएका छन् ।

 

बिक्रीबाट सङ्कलित रकमलाई सामाजिक कार्यमा लगाइने प्रिन्सिपल न्यौपानेले जानकारी दिए । ‘विगतमा पनि यस्ता कार्यबाट सङ्कलित रकम सामाजिक सेवाका कार्यमा लगाउने गरेका थियौ’,प्रिन्सिपल न्यौपानेले भने,‘ यसपटक पनि कार्यक्रमबाट उठेको रकमलाई सामाजिक सेवाका कार्यमा लगाउने छौँ ।’