Ad Area

ईन्धनको मुल्य बढ्दा भान्सामा प्रत्यक्ष असर


घोराही, ३ चैत्र । पेट्रोलियम पदार्थको मुल्य बढ्दै जाँदा यसको असर नागरिकको चुलोमा पर्न थालेको छ । ईन्धनको मुल्य बढ्दै जाँदा यसको प्रत्यक्ष असर नागरिकको दैनिक जीवनमा पर्न थालेको छ । हिजोको दिनमा बजारमा पाईने बस्तुको मुल्य अहिले डेढ गुणासम्म बढेको उपभोक्ताहरुको गुनासो छ । सामान्य आय भएका नागरिकहरुका लागि अहिले यसको असर थप  परेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिए पछि दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने सर्वसाधारण अझ समस्यामा परेका छन् ।
दाङमा पछिल्लो समय उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको जीवनयापनमा समस्या भएको उनीहरुको गुनासो छ । घोराही १५ की मेनका बुढाथोकीले केही दिन अघिसम्म १ हजार १ सयमा खरीद गरेको एक बोरा चालकको मुुल्य बढेर १ हजार ४ सय पुुगेको बताउनुुभयो । उनले भनिन,् ‘सामानको मूल्य यति बढेको छ कि किनेर खान नै धौ धौ पर्न थाल्यो ।’
आफुुहरुको श्रमको मुल्य यथावत रहेको बेलामा दैनिक आवश्यक पर्ने खाद्य बस्तुुको मुुल्य आकाशिएपछि ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेहरु थप मारमा परेका छन् ।
खानेतेल, दाल, तरकारीलगायत खाद्य बस्तुको मुल्य अस्वाभाविक रुपमा बढ्दै जाँदा पनि नियामक निकायले यस विषयमा बजार अनुुगमन र नियमनमा चासो नलिएको नागरिकले गुनासो गरेका छन् ।
बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिसंगै हरेक वस्तुको मुल्य आकाशिएको छ । दैनिक उपभोग्य वस्तुको प्रयोग हुने दुधको भाउ समेत बढेको छ । घरायसी कामदारको रुपमा अरूको घरमा भाँडा माझ्ने र लुगा धोएर आएको आम्दानीले परिवार पाल्दै आउनुुभएकी सीता बिकले आफ्नो आम्दानीले अब परिवार धान्न सक्ने अवस्था नरहेको बन्दै चिन्ता व्यक्त गरिन्।
दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने, बच्चाहरुको पढाई लेखाई कसरी गर्ने भन्ने चिन्ता बढेको उनको भनाई छ ।
बजार भाउका सम्बन्धमा घोराही उपमहानगरपालिकाको अनगुमन समितिसंग समन्वय गरेर अनुगमन गर्ने गरिएको भएपनि यो अनुगमन चाडपर्वमुखी मात्र हुने गरेको स्थानीयको भनाई छ । घोराही १४ की अमृता रोकाले भनिन्, ‘बजार अनुगमनलाई निरन्तरता दिनुपर्छ, बरु चाडपर्वमा बजार अनुगमन गर्नुहुदैन, व्यापारीलाई सामान विक्री गर्न दिनुपर्छ, अन्य बेला समय समयमा बजार अनुगमन गर्न सकिन्छ ।’ तर अहिले लामो समयदेखि अनुगमन नभएको उनको भनाई छ ।
दैनिक ज्यालादारी गरेर गुजारा चलाउदै आएका महेश थापाले भने, बजारमा सामान किन्न जादा छोइसक्नु छैन महँगीले, बजारमा एक किलो चिनीको १ सय रुपैया पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने ?’ कमजोर आर्थिक अवस्था भएकाहरुको दैनिकी थप कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको उनको भनाई छ ।
मूल्य नियन्त्रण र काला बजारी गर्ने निकाय मौन बस्दा पछिल्लो समय बजारमा कालोबजारी समेत बढेको सर्वसाधारणको भनाई छ ।
घोराही १७ का सन्जय बस्नेतले ‘विगतमा मूल्यवृद्धि हुँदा राजनैतिक दलहरुले आन्दोलन गर्ने गरेकोमा त्यो आन्दोलन पनि निरर्थक बनेको बताए । उनले भने, ‘राजनीतिक दलहरु पनि आआफ्नै स्वार्थमा छन्, जनता मरेको नदेख्ने भए, तेलमा एक रुपैया बढाउँदा पनि उनीहरुले चक्काजाम गर्थे, तर अहिले महंगीले आकाश छुदा समेत कसैलाई मतलब छैन ।’
यस्तै, मूल्य नियन्त्रण र काला बजारी गर्ने निकाय मौन बस्दा पछिल्लो समय बजारमा कालोबजारी समेत बढेको सर्वसाधारणको भनाई छ ।
बजारमा कालोबजारी लगायतका समस्या नहोस् भनेर प्रत्येक स्थानीय सरकारले अनुगमन समिति बनाएको छ । तर, समितिले चाडपर्वलाई लक्षित गरेर अनुगमन गर्ने गरेको भएपनि अन्य बेला खासै अनुगमन गरेको पाइदैन । सहायक प्रमुुख जिल्ला अधिकारी संयोजक रहेको बजार अनुुगमन समितिले नियमित बजार अनुुगमन गर्नुुपर्ने भएपनि बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य निकै आकाशिएका बेला अनुुगमन हुन सकेको छैन । व्यापारीले आफुु खुशी मुुल्य बढाउने, क्रृत्रिम अभाव सिर्जना गर्ने जस्ता काम गर्दै आएको उपभोक्ताहरुको आरोप छ ।

Blog Post Ad Blog Post Ad