पैशा नहुँदा सञ्चारकर्मी भगवतीको उपचारमा समस्या

दाङ, ३ चैत । सञ्चारकर्मी भगवती नेपाली ‘भावुक’ लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । केही महिनायता अस्वस्थ भई उपचाररत नेपालीको रोग पहिचान तथा उपचार गर्दा गर्दै घरमा भएको सबै पैसा सकिएपछि उहाँको उपचारमा आर्थिक समस्या भएको छ ।
शुुरुवाती चरणमा रोग पहिचान गर्दागर्दै आफुसँग भएको सबै पैसा सकियो, अहिले छोरीको रोग पत्ता लाग्यो तर, आफुसँग एक सुको पैसा छैन, बिरामी छोरीको उपचार कसरी गर्ने भन्ने पिरले सताएको छ, भगवतीका बुवा शेरबहादुर नेपालीले भने । भगवतीलाई अहिले आमाशयको क्यान्सर भएको छ । निकै लामो स्वास्थ्य अनुसन्धानपछि उनको रोग पत्ता लागेको हो ।
अहिले जीवन र मृत्युुसँग लडिरहेकी २६ वर्षीया भगवतीको थप उपचारका लागि सकम अभावमा उपचारमा समस्या भएको परिवारले जनाएको छ । दाङ, घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर रतनपुर घर भई हाल घोराही १४ मिलनचोक बस्दै आएकी भगवतीलाई नयाँ जीवन दिन सहयोगी मनलाई बुवा नेपालीले याचना गरेका छन् । ‘उपचार गर्दा गर्दै आफुुसँग भएको सबै पैसा सकिएको र घरमा आम्दानीको कुनै श्रोत नभएकाले छोरीको उपचारमा निकै समस्या परेको हुँदा यहाँहरुको सानो सहयोगले मेरी छोरीको जीवन बाँच्ने थियो भन्ने आशा गरेको छुु,’ बुवा नेपालीले भने ।
सहयोग गर्ने महानुुभावहरुले मोबाईल नम्बर ९८४९८८९१५२ र ९८०६३२९०५१ मा सम्पर्क गर्न गरिएको छ । यस्तै, कामना सेवा विकास बैंक घोराही शाखामा भगवतीका भिनाजुु रेशम सार्कीको नाममा रहेको खाता नम्बर ०४०१४१००४८७२६१०००००१ मा आर्थिक सहयोग सकिने बताइएको छ । क्यान्सर रोगसँग जीवन मृत्युको संघर्ष गरिरहेकी नेपाली घोराहीमा रहेका ईन्द्रेणी एफएममा कार्यक्रम संचालन गर्दै आएकी थिइन् । बिरामी परेपछि उनि अहिले थलिएकी छिन् ।