Ad Area

दाङ प्युठान सिमाना नजिक बस दुर्घटना, दर्जनबढी घाईते!


दाङ, ५ चैत । प्युठानबाट दाङकाे घाेराहीतर्फ जाँदै गरेकाे यात्रुवाहक बस दाङ प्युठान सिमानामा दुर्घटनामा परेकाे छ ।
प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर २ सेताे पहर नजिक बस दुर्घटना हुँदा एक बालककाे घटना स्थलमा मृत्युु भएकाे छ भने अन्य यात्रु घाईते भएका छन् ।

ना ३ ख ७१३२ नम्बरकाे बसमा सवार करिव एक दर्जन बढी यात्रु घाईते भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ । दुर्घटना अघि साढे १० बजेतिर भएको हाे । बसमा कति यात्रु थिए भन्ने अझै पत्ता लागेकाे छैन । घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली सहित स्थानीय उद्धारमा खटिएका छन् ।
दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाईतेलाई अहिले स्थानीयले उद्धार गरि मुर्कुटी अस्पतालमा लगेका छन् । घटना स्थलमा अहिले प्रहरी टाेली जाँदैछ । बस तीव्र गतिका दुर्घटनामा परेकाे घाईते यात्रु सुरेश खत्रीले बताए।

Blog Post Ad Blog Post Ad