Ad Area

संचारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न


दाङ, ५ चैत्र । लुम्विनी प्रदेशका कानूून बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पत्रकार महिलाहरुलाई खोजमुलक पत्रकारितामा जोड दिन आग्रह गरेकी छिन् । सञ्चारिका समुह लुम्विनी प्रदेशको प्रथम अधिवेशन तथा तेस्रो साधारण सभाको उदघाटन सत्रमा मन्त्री घर्तीले पछिल्लो समय पीत पत्रकारिता मौलाउँदै गएको दावी गर्दै समाचार मार्फत कपोलकल्पीत समाचार सम्प्रेषण नगर्न खोजमुलक पत्रकारितामा जोड दिन आग्रह गरिन्।

मन्त्री घर्तीले पत्रकार महिलाहरुको क्षमता विकास संगसंगै नेतृत्वमा महिलाहरुलाई ल्याउन सबै सरोकारवालाहरु लागि परेको खण्डमा केहि हदसम्म भएपनि समतामुलक समाज निर्माण हुन सक्ने दावी गरिन् ।

उत्घाटन सत्रमा संविधानसभा सदस्य तथा अग्रज पत्रकार विनोद पहाडीले पत्रकार महिलाहरुका लागि लेखनवृत्तिका कार्यक्रमहरुसंगै पुरस्कारहरुको स्थापनासमेत गर्न सके पत्रकार महिलाहरुको दिगोपना कायम हुने बताउँदै संविधानले गरेको परिकल्पना अनुसार देश संघीय संरचनामा गईसकेपछि हरेक क्षेत्रमा महिलाको नेतृत्व उदीयमान रुपमा देखिएको औँल्याए ।

यसैगरी पहाडीले बनेका कानुनहरुको कार्यान्वयनमा भएको कन्जुस्याईका कारण देशको प्रमुख महिला पाएपनि समतामुलक समाज निर्माण अझै निमाण भईनसकेको दावी गरे । साथै उनले पत्रकारितामा नवप्रवेशी महिलाहरुलाई संरक्षण गर्ने निति प्रदेश सरकारले लिन आग्रह समेत गरे । उनले ३ वटै तहका सरकारहरुले यसखालको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा ३ जना महिला उद्यमीहरुलाई तथा १ जना पत्रकार नारायणी रजौरेलाई सम्मान गरिएको थियो । यस्तै सो अधिवेशनले अमृता अनमोलको अध्यक्षतामा १५ जनाको नयाँ प्रदेश कार्यसमिती समेत चयन गरेको छ । सो समितीको उपाध्यक्षमा रुपा गहतराज, महासचिबमा मेनका चौधरी, सचिवमा माया केसी, कोषाध्यक्षमा उषा किरण पन्त सर्वसम्मत चयन भएका छन्  भने सदस्यहरुमा गिता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत सर्वसम्मत चयन भएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad