Ad Area

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


दाङ,९ चैत । दाङको देउखुरीमा दुर्घट्ना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका– १ नर्ती पुल नजिकै लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ३१ बर्षीय किसान चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका चौधरीको लमहीस्थीत लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भालुवाङबाट लमहीतर्फ आउँदै गर्दा मंगलवार राती साढे ११ बजेतिर पुलमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रही कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाइकलमा सवार कपिलबस्तु जिल्ला बुद्धभुमी नगरपालिका निवासी २८ बर्षीय बीरेन्द्र यादव गम्भिर घाइते भएका छन् । घाईते यादवको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

Blog Post Ad Blog Post Ad