Ad Area

शैक्षिक उन्नयनमा सक्रिय बनाैँ : आचार्य


दाङ,  २१ असाेज  ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) लुम्बिनी प्रदेशका सल्लाहकार जीवनकुमार आचार्यले शैक्षिक उन्नयनका लागि सक्रियताका साथ लाग्न निर्देशन दिएका छन् ।
शैक्षिक विकासमा प्याब्सनले खेलेकाे भूमिकाकाे चर्चा गर्दै उनले भने `प्याब्सनले निरन्तर रूपमा शैक्षिक मुद्दाका विषयमा बलियाे उपस्थिति जनाउँदै आएकाे छ र अझैं निजी क्षेत्रकाे शैक्षिक मुद्दामा लागि पर्ने भएकाे छ ।´ बिहीबार बसेकाे घाेराही नगर प्याब्सनकाे पहिलो बैठककाे प्रमुख अतिथि आचार्यले यसाे बताएका हुन् ।
बैठकले कार्यसमितिलाई पूर्णता दिएकाे छ । प्याब्सनकाे विधान अनुरूप थप दुई सदस्य मनाेनित गर्नुपर्ने भएकाेले प्रेम वली र चित्रबहादुर घर्तीलाई सदस्यमा मनाेनित गरेकाे हाे । साथै बैठकले विजया दशमी, दीपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना सन्देश सम्प्रेषण गरेकाे छ। कार्यक्रममा दाङ प्याब्सनका उपाध्यक्ष निर्मल न्याैपाने, दाङ प्याब्सनका काेषाध्यक्ष आदिम केसीले मन्तव्य राखेका थिए ।
घाेराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष सूर्यबहादुर रावतले स्वागत मन्तव्य राखेका थिए भने सचिव बालकृष्ण वलीले सहजीकरण गरेका थिए ।
Blog Post Ad Blog Post Ad