फुटसलको उपाधी तुलसीपुर नगरजेसीजलाई

लक्ष्मण बस्नेत
दाङ,१२ चैत । सस्थागत खसी कप फुटसल प्रतियोगिता २०७८ को उपाधी तुलसीपुर नगर जेसीजले जितेको छ ।
बेलुवा फुटबल क्लब तुलसीपुर–९ को आयोजनामा संचालित प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा तुलसीपुर बैंकर्सलाई ५ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै तुलसीपुर नगर जेसीजले उपाधी जितेको हो । उपाधीसंगै उसले खसी हात पारेको छ ।
चैत ११ गतेदेखि संचालित प्रतियोगितामा संस्थागततर्फका ६ टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक मोहन गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा बिजेता टिम तुलसीपुर नगर जेसीजका अध्यक्ष केशव केसी तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले खसी प्रदान गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।