Ad Area

कांग्रेस क्षेत्र नं. १ ले ६ जनालाई सदस्यमा मनोनित


दाङ,१३ चैत । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले ६ जना क्षेत्रीय प्रतिनिधिलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले लमही नगरपालिका–९ निवासी पूर्णप्रकाश विश्वकर्मा प्रिया स्मृति गजमेर, लमही नगरपालिका–३ निवासी धुब्र चौधरी, गढवा गाउँपालिका–६ निवासी रामबिराज यादव, लमही नगरपालिका–७ निवासी किरणविक्रम शाहलाई मनोनीत गरिएको छ ।

त्यस्तै राप्ती गाउँपालिका–६ निवासी अयोध्याप्रसाद थारु दहित, लमही नगरपालिका–८ निवासी कृष्णबहादुर चौधरीलाइ पार्टीको विधान अनुसार क्षेत्रीय आमन्त्रित सदस्यमा मनोनित गरिएको क्षेत्रीय सहसचिव प्रकाशकुमार जिसीले जानकारी दिएका छन ।

यसैगरी घोराही–३ निवासी तारा गिरी र राप्ती गाउँपालिका–८ निवासी क्षेत्रीय प्रतिनिधि तारा घिमिरेलाई क्षेत्रीय सदस्यमा मनोनित गरिएको छ ।