Ad Area

घोराही–५ मा गाउँगाउँ जाऔं कांग्रेस जितऔ अभियान


दाङ,१३ चैत । घोराही उपमहानगरपालिका–५ खैरा कचिला गनारमा नेकपा एमाले पार्टी परित्याग गरेर १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस घोराही वडा नं. ५ वडा समितिले सुरु गरेको ‘गाउँगाउँ जाऔं, कांग्रेस जितऔ अभियान’का क्रममा आइतवार खैरा कचिला गनारमा एमाले छोडेर १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

नेपाली कांग्रेस घोराही वडा नं. ५ का वडा सभापति बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा वडा प्रतिनिधि भोला अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनकुमार योगीलगायतका अतिथिहरुले अविर टिकासँगै पार्टी सदस्यता दिएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा एमाले छोडेर खिमबहादुर थापा, नन्दा केसी, सुशीला विक, प्रमीला विक, सिता केसी, दिलमाया नेपाली, गंगाराम घर्ति,जीतबहादुर नेपाली, युवराज केसी, राधिका खडका,देवकी नेपाली, रामबहादुर नेपाली, गंगा नेपाली, कलती डाँगी र भूमी डाँगी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

‘गाउँगाउँ जाऔं, काग्रेस जितऔ अभियान’का क्रममा बोल्ने बक्ताहरुले एमसिसीको भ्रममा जनतालाई जानकारी दिनका साथै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसरी जिताउने, जनतालाई कांग्रेसमा आकर्षित गर्दै धर्नामा कांग्रेसको संगठनलाई कसरी मजबुत र संगठित बनाउनेलगायतका बारेमा प्रशिक्षण समेत दिइएको थियो । अभियानका क्रममा जनताले उठाएका प्रश्नहरुमा प्रतिनिधिहरुले स्पष्ट पारेका थिए ।

कार्यक्रममा जिल्ला प्रतिनिधि तथा कांग्रेसका जिल्ला सदस्य भोला अधिकारी,जिल्ला सचिव अर्जुनकुमार योगी, क्षेत्र नं. १ (ख)का प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पवन यादव,नेपाली कांग्रेस क्षेत्र नं. १ (ख)का उपसभापति गोपाल नेपाली,प्रदेश प्रतिनिधि मिना रिजाल,राजदेवी चौधरीलगायतले देशको विकास र जनताको सुखदुखको पार्टी भनेको नेपाली कांग्रेस भएको भन्दै जनतालाई कांग्रेसको पक्षमा लाग्न आग्रह गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad