Ad Area

देउखुरी वारियर्स र पुरन्धारा च्यालेन्जर्सलाई फाईनलमा पुग्न आजको खेल जित्नै पर्ने दवाव


घोराही, १५ चैत्र । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिगमा आज मंगलबार सातौँ खेलमा देउखुरी वारियर्स र पुरन्धारा च्योलेन्जर्सबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी खेलमा दुवै टीमलाई आजको खेल निकै महत्वपूर्ण भएकाले कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको हो ।

जारी लिगमा दुवै टीम एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेकाले आजको विजेता टीम फाइनल नजिक पुग्ने सम्भावना बलियो रहेको छ । जसका लागि दुवै टीमले आफ्नो सबै रणनीति अवलम्बन गर्दै खेलाडीलाई मैदानमा उतार्ने भएका छन् । देउखुरी वारियर्स युवा स्टारले भरिएको टीम हो ।

उक्त टीममा मार्की खेलाडीका रुपमा नारायण जोशी, व्याटिङ लयमा रहेका अलराउण्डर विशाल विक्रम केसी, आशिष वली, सन्देश पाण्डे, अमित तामाङ लगायत रहेका छन् भने बलरहरु पनि अनुभवी रहेका छन् । आजको खेलमा आफुहरु उच्च मनोबलका साथ मैदानमा उत्रिएको देउखुरी वारियर्सका टीम कप्तान अमित तामाङले बताए ।

उदघाटन खेलमा घोराही टाईगर्ससँग ३ विकेटको हार व्यहोरे पनि त्यसपछि पुनरागमन गर्दै तुलसीपुर रोयल्ससँगको खेलमा सानदार ७ विकेटको जीत निकालेको देउखुरी वारियर्स आजको खेलमा पनि जीत हासिल गर्दै उत्कृष्ट दुईमा फाईनल नजिक पुग्ने दाउमा रहेको छ ।
उता, पुरन्धारा च्यालेन्जर्स पनि जारी खेलमा टीम कम्बिनेशनबाट उत्कष्ट खेल पस्कँदै आएकाले आजको खेल आफ्नो पक्षमा हुने विश्वासमा रहेको छ । पुरन्धारा च्यालेन्जर्ससँग पनि मार्की खेलाडीका रुपमा अलराउण्डर अमरसिंह रौतेला रहेका छन् ।

यस्तै राजु रिजाल, अजय सहानी, बिक्रान्त डाँगी, मोहन खत्री, तुलबहादुर थापा, जस्ता अलराउण्डर रहेकाले जीत आफ्नै पक्षमा रहेको पुरन्धारा च्यालेन्जर्सको दावी छ । पुरन्धारा च्यालेन्जर्स पनि पहिलो खेलमा उत्कृष्ट खेल पस्कँदै दंगाली लायन्सलाई ९९ रनमै समेट्दै १५ रनको रोमाञ्चक जीत लाई दोहो्याउँदै सोमबार उपाधि दावेदार मानिएको घोराही टाईगर्ससँगको १२ रनको पीडादायी हार भुल्न चाहन्छ । दुवै टीमले एक खेलमा जीत र एक खेलमा हार व्यहोरेकाले आज मंगलबारको खेलमा अनिवार्य जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन् ।

यस्तै, आज दिउँसोको खेलमा तुलसीपुुर रोयल्स र घोराही टाईगर्स आमनेसामने हुँदैछन् । तुलसीपुर रोयल्स जारी लिगमा कमजोर टिम देखिएको छ भने घोराही टाईगर्स उपाधि दाबेदार टीम मानिएको छ । घोराही टाईगर्स ३ खेलमा अपराजित रहँदै फाईनलमा प्रवेश गरिसकेकाले तुलसीपुर रोयल्ससँगको खेलमा दवाव बिना नै जीतको यात्रा कायमै राख्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएको छ । उता, तुलसीपुर रोयल्स भने जीतको खोजीमा मैदानमा उत्रिँदैछ ।

Blog Post Ad

पाँच वटा फ्रेन्चाईज टीम खडा गरी जिल्लामै पहिलो पटक आयोजना गरिएको लिगमा देशभरबाट अक्सन मार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए । लिगको फाईनल खेल १७ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad